महाभारतमा दुई अर्बका सडक योजना सञ्चालन « Khabarhub

महाभारतमा दुई अर्बका सडक योजना सञ्चालन


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम मान्दै आइएको महाभारत गाउँपालिकामा हाल दुई अर्बका सडक योजना सञ्चालनमा छन् । सञ्चालित केही योजना बहुवर्षीयसमेत रहेको गाउँपालिकाले जनाएको छ ।

महाभारतको भुमेचुली–बुढाखानी–तिनखुट्टे करिब १८ किलोमिटर सडक कालोपत्रसहित निर्माण गर्न ९९ करोड रकम विनियोजन भएको थियो । यस्तै तिनखुट्टे–देवीटार आठ किलोमिटर सडकका लागि रु ४९ करोड रकम विनियोजन भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । 

उनका अनुसार हाल देवीटार–गोकुले करिब सात किलोमिटर सडकलाई ४८ करोड रकमको स्रोत सुनिश्चित भएको छ । निर्माण व्यवसायीले विनियोजित बजेटभन्दा कममा सम्झौता गर्ने र नियमितकार्य नगरेका कारण योजना ढिला हुने गरेको अध्यक्ष जिम्वाले बताए । ‘निर्माण व्यवसायीले विनियोजित बजेटभन्दा कममा सम्झौता गरेपछि समयमा काम सम्पन्न नहुने हुँदा योजना लम्बिने देखिन्छ, हामी ताकेता गरिरहेका छौँ’, उनले भने।

 उनका अनुसार ९९ करोडको बजेटमा रु ६२ करोडमा सम्झौता भएको छ भने ४९ करोडको बजेटको सडकमा २४ करोडमा सम्झौता भएको छ । ती सडकको अवधि दुई वर्ष सम्पन्न भएर पुनः अर्को वर्ष थप हुँदासमेत समयमै निर्माणकार्य सम्पन्न नभएपछि हालै गाउँपालिकाको समन्वयमा वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयलेसमेत चासो दिएको छ । 

तीनखुट्टेदेखि देविटारसम्मको ८ दशमलव ७ किलोमिटर पक्की सडक निर्माणकार्य अलपत्र भएपछि गाउँपालिकाले पटक–पटक प्रदेश मन्त्रालयलाई समयमै निर्माण सम्पन्न गराउन पत्र लेख्दै आएको जिम्वाले बताए ।

यसैबीच, प्रदेश मन्त्रालयले आगामी आर्थिक वर्षबाटनै काम सुरु गर्ने गरी काभ्रेपलाञ्चोक र प्रदेश राजधानी मकवानपुर जोड्नेगरी ‘जनमुक्ति’ मार्ग निर्माण गर्न तयारी थालेको जनाइएको छ । मन्त्री युवराज दुलालले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका अन्तर्गत मङ्गलटारस्थित बिपी राजमार्गबाट महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरेस्थित मदनभण्डारी लोकमार्ग जोड्ने गरी जनमुक्ति मार्ग निर्माण गरिने बताए ।

 मन्त्री दुलालका अनुसार उक्त मार्गका लागि तीन अर्ब लाग्ने अनुमान गरिएको छ । उक्त सडकको लम्बाइ ९३ किलोमिटर हुनेछ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  २ : ०६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल