अनैतिकता समाप्त गर्न समाजवादी व्यवस्था आवश्यक : झलनाथ खनाल « Khabarhub

अनैतिकता समाप्त गर्न समाजवादी व्यवस्था आवश्यक : झलनाथ खनाल


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी व्यवस्थाले मात्रै समाजमा देखिएका अनैतिकताहरु समाप्त हुने बताएका छन् ।

बुधबार काठमाडौंमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा खनालले मुलुकमा समाजवादी व्यवस्था स्थापना गरेर मात्रै समाजको दमन, शोषण, भ्रष्टाचार समाप्त हुने बताए । उनले आफ्ना पार्टीका संगठनहरुको चरित्र समाजवादी चरित्र भएको जिकिर गरे । उनले आजको शिक्षा प्रणालीले जनताले चाहेको शिक्षा नपाईरहेको भन्दै समाजवादी शिक्षा प्रणालीमा रूपान्तरण गर्नुपर्ने धारणा राखे । ठोस कार्यदिशाका साथ संगठनलाई अघि बढाउनका लागि अनेरास्ववियुलाई उनले निर्देशन दिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिले मुलुकको राजनीति भाँडिएका कारण जनतामा निराशा छाएको भन्दै यसलाई सही दिशामा ल्याउनुपर्ने अवस्था आएको बताए ।

उनले अव व्यक्ति केन्द्रित नभइ देश र जनतालाई हितमा राखेर राजनीतिलाई अघि बढाउनुपर्ने भन्दै यसलाई युवा विद्यार्थीहरूले गहन रुपमा महसुस गर्नुपर्ने जिकिर गरे ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ५ : ३३ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका