आचरणको स्मरण र पालना सैनिकको धर्म : प्रधानसेनापति शर्मा « Khabarhub

आचरणको स्मरण र पालना सैनिकको धर्म : प्रधानसेनापति शर्मा


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाद्वारा आयोजित यस वर्षको सैनिक आचारसंहिता कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ वर्षको पहिलो हप्ता सेनाका सकलदर्जालाई सैनिक मर्यादा, अनुशासन, सदाचारलगायत विषयमा जानकारी गराउन केही वर्षदेखि यस्तो कार्यक्रम सैनिक मुख्यालयमा सञ्चालन हुँदै आएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले कार्यक्रम समापनका अवसरमा सकलदर्जालाई  सम्बोधन गर्दै आचारसंहिताको पूर्ण पालना नै सैनिक अनुशासन भएकाले त्यो नै सैनिक पेसाको मुख्य शक्ति रहेको बताए । उनले भने , ‘हरेक सिपाहीले सैनिक आचरणको निरन्तर स्मरण र पालना गर्नुपर्छ, यो सैनिकको धर्म र कर्म हो ।’ प्रधानसेनापतिले संगठनको विशिष्टता कायम राखी राख्न चेन अफ कमाण्डलाई पूर्णरुपमा अनुशरण गर्दै एकढिक्का भई सेनाको मूल्य र मान्यताअनुरूप संगठनको प्रतिष्ठा बढ्ने गरी जिम्मेवारी र कर्तव्य निर्वाह गर्न निर्देशन दिए।

कार्यक्रममा सैनिक मूल्य मान्यता, परम्परा र शिष्टाचार, सामाजिक सञ्जालको प्रयोग, भेटघाट तथा अभिव्यक्ति, आर्थिक कारोबार एवं बजेटलगायतका विषयमा सकल दर्जालाई ज्ञान प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाका  शिक्षक र शिक्षार्थीले पालना गर्नुपर्ने आचारसंहिता, भर्ना छनोट, लैङ्गिक आचरण तथा उपहारसम्बन्धी आचारसंहितामा विषय विज्ञबाट ज्ञानवर्द्धक प्रस्तुति भएको थियो । 

उक्त कार्यक्रम सेनाका सम्पूर्ण युनिटमा कार्यरत सकलदर्जामा पुग्ने गरी प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : २३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल