राजनीतिक अस्थिरताका कारण मुलुकमा समस्या उत्पन्न : विप्लव | Khabarhub Khabarhub

राजनीतिक अस्थिरताका कारण मुलुकमा समस्या उत्पन्न : विप्लव


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा राजनीतिक स्थिर हुन नसकेका कारण अनेक समस्या उत्पन्न भएको बताएका छन् ।

 जनप्रचार तथा प्रकाशन प्रालिले बुधबार काठमाडौंमा गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व विषय अन्तरक्रिया कार्यक्रममा विप्लवले कुनै एक सरकारले पूर्णकालीन काम गर्न नपाउने गरि मुलुकमा राजनीतिक अस्थिरता देखिएको र यसको असर मुलुकको आर्थिक लगायत बिभिन्न क्षेत्रमा देखिएको बताएका हुन् ।

अहिले पनि पछिल्लो निर्वाचनपछि सरकारले पूर्ण आकार पाउन नपाउँदै सरकार परिवर्तनको खेल सुरु भइसकेको उनले बताए । उनले पछिल्लो १५ वर्ष मुलुकको नेतृत्वमा बसेकाहरूले देशलाई अघि बढाउन नसकेको आरोप लगाए । मुलुकको राज्यप्रणाली संकटग्रस्त भए उद्धारका नाममा आउने विदेशी शक्तिहरूले सम्पूर्ण देश नै कब्जा गर्ने खतरा रहेको उनको भनाइ छ । 

फरक प्रसंगमा विप्लवले मुलुकको परिवर्तनका लागि योगदान गर्नेहरूलाई अपराधिकरण गर्न खोजिए दुर्दशा निम्तने चेतावनी दिए । उनले परिवर्तनका अगुवालाई अपराधी घोषित गर्न खोजिए कांग्रेस एमाले लगायतका कोही नेता नबच्ने स्पष्ट पारे ।

उनले एकतावद्ध भएर संकटलाई निकास दिन आफ्नो पार्टी तयार रहेको जिकिर गरे । अहिलेको राज्य प्रणालीले जनचाहनाको प्रतिनिधित्व गर्न नसकेको प्रति सिंगो समाज प्रष्ट रहेको उनले बताए । 

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ७ : २१ बजे

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११

बालकको ज्यान लिने नरभक्षी चितुवा नियन्त्रणमा लिन सकस

तनहुँ– बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको

झापाका वन्यजन्तु पीडित राहतकाे पर्खाइमा

झापा- डिभिजन वन कार्यालय झापाले हात्तीपीडितलाई एक करोड ९० लाखभन्दा