बाँकेका दुई स्थानमा दश घर जले « Khabarhub

बाँकेका दुई स्थानमा दश घर जले


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खजुरा – बाँकेको राप्तीपारी क्षेत्रअन्तर्गत नरैनापुर गाउँपालिकाको छुट्टाछुट्टै दुई स्थानमा भएको आगलागीमा दश वटा घर जलेका छन् । आगलागीबाट रु २५ लाखको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

बुधबार साँझ नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा आगलागी हुँदा पाँच वटा घर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । उहाँका अनुसार दुई वटा घरमा आंशिक क्षति पुगेको छ ।

यसैगरी नरैनापुर गाउँपालिका–३ को जनतापुरमा आगलागी हुँदा तीन घर र एक गोठमा क्षति पुगेको छ । त्यहाँ करिब रु १५ लाखको क्षति भएको छ । करिब डेढ दुई घण्टाको फरकमा दुई वटा स्थानमा भएको आगलागी स्थानीय र प्रहरीको संयुक्त प्रयासबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रायमाझीले बताए। गर्मीको मौसममा नरैनापुर क्षेत्र आगलागीको उच्च जोखिममा पर्ने गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ९ : १५ बजे

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को