साउनयता यूएईमा १ सय १७ नेपालीको मृत्यु | Khabarhub Khabarhub

साउनयता यूएईमा १ सय १७ नेपालीको मृत्यु


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दोहा – यूएईमा १ सय १७ जना नेपालीले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा यूएईमा सो संख्यामा नेपालीले ज्यान गुमाएका हुन् ।

यूएईमा रहेको नेपाली दूतावासले साउनदेखि चैतसम्म १ सय १७ जना नेपालीको शव व्यवस्थापन गरेको जनाएको छ । दूतावासका अनुसार साउनमा २४, भाद्र १६, असोज १०, कात्तिक ११, मङ्सिर १६, पुस १०, माघ ९, फागुनमा ८ र चैतमा १३ जनाको मृत्यु भएको हो।
अघिल्लो आर्थिक वर्ष २०७८-८९ मा यूएईमा १७४ जनाको ज्यान गएको थियो । जसमध्ये दूतावासले एक सय ६७ शव स्वदेश फिर्ता पठाएको थियो भने ७ वटा यूएईमै सतगत गरिएको थियो ।

यस्तै, यूएईमा रहेका नेपालीहरूले विभिन्न माध्यममार्फत गुनासो राख्ने क्रम पनि बढेको छ । चालु आर्थिक वर्षको चैतसम्म ४ हजार १ सय ८९ जनाले फोन, इमेल र दूतावासमै गएर विभिन्न गुनासो राखेका छन् ।

साउनमा १४९, भाद्रमा ५३२, असोजमा ७१७, कात्तिकमा ४४९, मङ्सिरमा ६९४, पुसमा ३८९, माघमा ३७१, फागुनमा ३५५ र चैतमा ५३३ जनाले दूतावासमा गुनासो राखेका दूतावासले जनाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ९ : ४९ बजे

धारिलो हतियार देखाई लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा फूलबारी गेट नजिक धारिलो

गृहिणीबाट उद्यमी : सीपले जीवन बदल्दै भोजपुरका महिलाको

भोजपुर– पहिले घरधन्दा र परिवारमा सीमित भोजपुरका महिला अहिले आफ्नै

जेन-जीका माग सम्बोधन गर्न सबै दल सकारात्मक हुनु जरुरी : महासचिव पोखरेल

देउखुरी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जेन-जी

शंकर पोखरलले भने- न्यायालयमाथि आक्रमण गरेर कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भयो

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरलले जेन-जी आन्दोलनका क्रममा नेपालको