अमेरिकाद्वारा युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा « Khabarhub

अमेरिकाद्वारा युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन– संयुक्त राज्य अमेरिकाले बुधवार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ । प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि थप तोप राउन्ड र रकेटहरू लगायतका युद्ध सामग्री रहेका छन् ।

भ्वाइस अफ अमेरिकाले उल्लेख जनाएअनुसार युक्रेनले उच्च दरमा तोपखाना हतियारहरू चलाउन पर्ने भएकाले यो सहायता घोषणा गरिएको हो । सो प्याकेजको घोषणा हुनुअघि रक्षा अधिकारीहरूले उक्त नवीनतम सहायतामा एन्टी-ट्यांक निर्देशित मिसाइलहरू, एन्टी-ट्यांक माइनहरूएटी-४ एन्टी-आर्मर हतियारहरू पनि समावेश रहेको बताएका छन् ।  उक्त युद्ध सामग्रीहरू युक्रेनद्वारा कब्जा गरिएका क्षेत्रहरूमा रहेका रूसी स्थल सेनाहरूलाई पछाडि धकेल्न आवश्यक हुने बताइएको छ। 

युक्रेनको स्थलसेना प्रमुखका अनुसार रुसले युद्धमा उल्लेखनीय क्षति बेहोरेर पनि पूर्वी युक्रेनी शहर बाख्मुतमा भने भारी तोपखाना र हवाई आक्रमण बढाइरहेको पनि अमेरिकी अधिकारीहरूको बुझाइ छ। यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकका प्रमुखहरूलाई  विश्वभर रहेको रूसी केन्द्रीय बैंकको सम्पत्ति जफत गर्न र युक्रेनको पुनर्निर्माणमा मद्दत गर्न आह्वान गरेका छन् ।

बुधवार (स्थानीय समय) मा विश्व बैंक र आईएमएफ द्वारा आयोजित भर्चुअल गोलटेबलमा, जेलेन्स्कीले सो आह्वान गरेका हुन् ।  साथै विश्व बैंकले युक्रेनको ऊर्जा पूर्वाधार मर्मत गर्ने परियोजनाको लागि आज २०० मिलियन  अमेरिकी डलर अनुदान घोषणा गरेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ५ : २८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल