वीरताको चिनो जितगढीमा विजयोत्सव « Khabarhub

वीरताको चिनो जितगढीमा विजयोत्सव


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– नेपाली सेनाले अङ्ग्रेज फौजलाई पराजित गरी देशको रक्षा गरेको स्मरण गर्दै बिहीबार बुटवलको जितगढीमा विजयोत्सव गरिएको छ ।

विसं १८७२ वैशाख ७ गते पाल्पाका तत्कालीन कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले वीरता र निडरताका साथ लडेर विजयको झन्डा फहराएको थियो ।

इतिहासविद् निर्मल श्रेष्ठका अनुसार युद्धमार्फत आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इन्डिया कम्पनीसँग विसं १८७१ देखि ७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरी अङ्ग्रेज फौजलाई फिर्ता पठाएको इतिहास छ ।

सोही इतिहासको सम्झना गर्दै बुटवल उपमहानगरपालिकाले हरेक वर्ष नेपाली वीरताको चिनो बुटवलको जितगढी किल्लामा कार्यक्रम गरी विजयोत्सव मनाउँदै आएको छ । ‘यो विरगाथाले भरिएको क्षेत्र हो, सबैको सहयोग सहकार्यमा जितगढीको विकास सम्भव भएको हो । यसको अझै विकास गरेर पर्यटनसँग जोड्नुपर्छ’, विजयोत्सव समारोहमा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले भने ।

सन् १८७१ देखि १८७२ सम्म नेपाल-अङ्ग्रेजका बीचमा युद्ध भए । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन । तर, वैशाख ७ गते भएको अन्तिम युद्धमा नेपाली सेना विजयी भएको थियो । सोही खुसीयालीमा आज जितगढी किल्लामै विजय उत्सव मनाइएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए । ‘बुटवलको भूमिबाट युद्ध नजितिएको भए आज हामी स्वाभिमानी हुने थिएनौँ तर युद्ध जित्यौँ त्यसैले गर्व गर्न पाएका छौँ’, उनले भने ।

बुटवल उपमहानगरपालिकाले गुरुयोजना नै बनाएर जितगढीको संरक्षण र विकासको काम अघि बढाएको थियो । उपमहानगरले सबै सरोकारवालाको सहयोगमा हरेक वर्ष विजयोत्सव गर्ने घोषणा गरेको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । ‘यो गौरवमय इतिहासलाई सबैले जान्न र बुझ्न पाउनुपर्छ यसका लागि हरेक वर्ष विजयोत्सव आयोजना गर्ने घोषणा गरेका छौँ’, उनले भनिन् ।

केही वर्षअघिसम्म सुषुप्त अवस्थामा रहेको यो गढीले गुरुयोजना बनाएर काम थालेपछि अहिले रूप नै फेरिएको उपमहानगरपालिका निवर्तमान प्रमुख शिवराज सुवेदीको भनाइ छ । ‘यो देश बचाउन वीर र विरङ्गनाले युद्ध लडेको भूमि हो, यहाँ कैयौँ महिला सैनिकसँगै बच्चा बोकेर पनि लडेको इतिहास छ, त्यसैले यसको जगेर्ना गर्न जरुरी छ’, उनले भने ।

बुटवल उपमहानगरपालिकाले गुरुयोजना नै बनाएर यो किल्लाको संरक्षण र संवर्धनको काम थालेको थियो । सोही गुरुयोजनाअनुसार किल्लाको संरक्षण र विकासमा नेपाली सेना सक्रिय भएर लागेको थियो । ‘;यो नेपाली सेनासँग जोडिएको इतिहास हो, इतिहासको रक्षा गर्नु नेपाली सेनाको कर्तव्य हो, त्यसैले यसको संरक्षण, संवर्धन र विकासमा अथक प्रयत्न गर्‍यौँ’, नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलका पृतनापति यामप्रसाद ढकाल भन्छन् ।

जितगढी किल्लामा अङ्ग्रेज फौजसँगको युद्धमा नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापा र सहादत प्राप्त गर्ने १३ जना वीर नेपाली सैनिकको सालिक निर्माण गरिएको छ । उक्त लडाइँमा  वीरगति प्राप्त गरेका तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सुर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानियाँ, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, शमशेर रानामगर र जुठे बस्नेतको सालिक बनाइएको हो ।

सो क्षेत्रमा अहिले नौ फिट उचाइको पूर्णकदको तामाको सालिक निर्माण गरिनुका साथै ५५ फिटको टावरमा राष्ट्रिय झन्डा फहराइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ५ : ४९ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले