चन्द्रागिरिमा मातातीर्थ मेला : भक्तजनद्वारा अवलोकन « Khabarhub

चन्द्रागिरिमा मातातीर्थ मेला : भक्तजनद्वारा अवलोकन


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको चन्द्रागिरि नगरपालिकामा लाग्ने मातातीर्थ मेलाको हजारौँ भक्तजनले अवलोकन गरेका छन् । चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ मन्दिरमा पूजा गर्ने तथा कुण्डमा स्नान गर्ने भक्तजनको आज दिनभरि घुइँचो लागेको थियोे ।

प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन आमालाई सम्मान गरी मनाइने मातातीर्थ मन्दिरमा काठमाडौँ उपत्यकाभित्र र उपत्यकाबाहिरका भक्तजनको घुइँचो लागेको मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिए। आज एक दिन मात्र लाग्ने मातातीर्थको पाँच लाखदेखि सात लाखसम्म भक्तजनले मेला भरेको उनले बताए ।

मेला भर्न आएका भक्तजनले गए रातिदेखि आमाको सम्झनामा बत्ती बालेर रातभर जाग्राम बस्ने र आज बिहान आमाको प्रतिमा पूजा गरी मातातीर्थ कुण्डमा स्नान गरेका थिए । मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रहेको छ ।

आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइएको छ । शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आमालाई नयाँ लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  १० : ०३ बजे

साढे तीन घण्टा बित्दा पनि सुरू भएन कांग्रेस संस्थापनको बैठक

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन

लगातार नयाँ रेकर्ड राख्दै सुनचाँदी, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको

माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू)

सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड)

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति