आजको मौसम : मुलुकका पहाडी भागमा पानी पर्ने « Khabarhub

आजको मौसम : मुलुकका पहाडी भागमा पानी पर्ने


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूर पश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

राति भने देशका पहाडी भू–भागमा आंशिकलदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ।

पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। लुम्बिनी, मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ६ : १३ बजे

बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

जनकपुरधाम– बिहानको झिसमिसेमै धनुषाको बटेश्वर गाउँपालिका–२ सीतापुरका रागेश्वरी कुमारी दनुवारको

दाङमा विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध

दाङ–  विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध गरिएको

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ ।