उपनिर्वाचनको मौन अवधि सुरु: सामाजिक सञ्जालबाट मत माग्न निषेध « Khabarhub

उपनिर्वाचनको मौन अवधि सुरु: सामाजिक सञ्जालबाट मत माग्न निषेध


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले १० वैशाखमा हुने उपनिर्वाचनका लागि आजबाट प्रचारप्रसार गर्न रोक लगाएको छ।

बिहीबार मध्यराति १२ बजेदेखि १० वैशाखसम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

१० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ।

मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको छ।

‘प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन २०८० का लागि निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयन भइरहेको अवगत नै छ,’ उनले भने, ‘उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको छ। उक्त व्यवस्थाबमोजिम आज मिति २०८० वैशाख ७ गतेको राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहनेछ।’

 

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ७ : ०३ बजे

सानेपातिर देखाउँदै दुर्लभको आक्रोश : देउवाको नेतृत्वमा नगए तपाईंहरूको हालत के होला ?

काठमाडौं- नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले १५औँ महाधिवेशनमा शेरबहादुर

भारतमा हुने एसीसी प्रिमियर कपबारे सन्दिपले भने- विगतका गल्ती-कमजोरी सच्याएर अघि बढ्छौँ

काठमाडौं– मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने

कान्छाराम भन्छन् : चुनदेवीको कार्यालय खोजेँ, देउवा दाइको साइन बोर्ड पनि आफैंले राखेँ

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंको चुनदेवीमा पार्टी कार्यालय

प्रधानमन्त्री बालेनलाई भेटेर वर्षमानले मागे रोल्पाका पहिरो पीडितलाई सहयोग

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमानपुन र प्रधानमन्त्री वालेन्द्र शाहबीच

जलवायु सूचना डिजिटलाइजेसनमा कृषि मन्त्रालयको जोड

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु सूचनाको डिजिटलाइजेसन