आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण « Khabarhub

आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालसहितको टोलीसँगको भेटमा मन्त्री बस्नेतले नवीकरणीय ऊर्जा प्रविधिको उपयुक्त प्रवद्र्धन र विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन् ।

परिसङ्घ र भारतको सौर्य ऊर्जा विकास संस्था एकापसमा अनुभव, प्राविधिक क्षमता र पुँजी व्यवस्थान गरी दुवै पक्षलाई लाभ हुने गरी समझदारी हुन लागेकोमा मन्त्री बस्नेतले खुसी व्यक्त गरे ।

सो अवसरमा ग्रामीण जनजीवनलाई आर्थिक तथा सामाजिकरुपमा उत्थान गर्न देशमा नै उपलब्ध सीप तथा पुँजी परिचालन गर्दै नवीकरणीय ऊर्जा प्रविधिको विकास तथा उपयोग गर्नुपर्ने, सङ्घीय सरकारले निर्धारण गर्ने कार्यक्रम निजी क्षेत्र मैत्री र उपभोक्तालाई अत्यधिक लाभ हुने गरी आउनुपर्ने तथा मिश्रित ऊर्जाको अवधारणा तथा साना तथा घरेलु उद्योग, कृषिका लागि पनि नवीकरणीय ऊर्जा प्रविधिलाई प्राथमिकता दिन परिसङ्घको तर्फबाट सुझाव प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ११ : ५३ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि