तम्घास क्षेत्रका मापदण्ड विपरीतका संरचना हटाइँदै « Khabarhub

तम्घास क्षेत्रका मापदण्ड विपरीतका संरचना हटाइँदै


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गुल्मी– रेसुंगा नगरपालिकाले तम्घास बजार क्षेत्रमा अव्यवस्थित रुपमा निर्माण गरी बनाइएका सडक पेटी हटाउन थालेको छ । नगरपालिकाले डोजर प्रयोग गरी सडक मिचेर बनाइएका अव्यवस्थित पेटीलगायत संरचना हटाउन सुरु गरेको हो । 

नगरपालिकाले गत साता तम्घास बजारमा कालोपत्र गर्नका लागि सडक छेउछाउका  घरधनीहरूलाई अव्यवस्थित रुपमा निर्माण भएका सडकपेटीहरू आफैँ हटाउन सार्वजनिक रुपमा सूचना जारी गरेको थियो । नगरपालिकाले तोकेका समयमा उक्त संरचना हटाउन स्थानीयवासीले बेवास्ता गरेपछि नगरपालिकाले बाध्य बनेर डोजर प्रयोग गरी अव्यवस्थित रुपमा बनाइएका संरचना हटाउन सुरु गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताएका छन् । 

नगरपालिकाले अव्यवस्थित रुपमा सडक प्रयोग गरी बनाइएका पेटीहरु डोजरको माध्यमबाट हटाउन थालेपछि कतिपय घरधनीहरुले स्वयम् त्यस्ता संरचनाहरु हटाउन थालेका गरेका छन् । बजार क्षेत्रमा साँगुरो सडक र त्यसै सडकमा पनि सडकै मिचेर पेटी तथा नालीहरु बनाएपछि सवारी साधनका साथै सर्वसाधारणका लागि पैदल यात्रा गर्नसमेत समस्या परेको थियो। 

नगरपालिकाले एक साताभित्र बजार क्षेत्रमा कालोपत्र गर्नका लागि हाललाई ३० फिटको सडक मापदण्ड कायम गरेको उनले जानकारी दिएका छन्  । यसैगरी नगरपालिकाले तम्घास बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका बिजुली, केबुल तथा इन्टरनेटका पोल तथा तारहरुसमेत हटाइ व्यवस्थित गर्न सुरु गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १२ : ३४ बजे

सरकारी स्वास्थ्य संस्थामा सीजीएएस प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी स्वास्थ्य संस्थालाई सरकारी

मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान सावित, तिलका १० चमत्कारी फाइदा 

जाडो मौसम र हाम्रो परम्परासँग जोडिएको ‘तिल’ को वैज्ञानिक महत्त्व

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल

कांग्रेस फुट नजिक पुग्दा सानेपामा संस्थापनका नेता (तस्बिरहरू)

काठमाडौं– बुधबारका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा

देउवाको जवाफ : कानुनले दिए प्रतिनिधि सभाको टिकटमा अर्कैले हस्ताक्षर गरे हुन्छ

काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीहरू विश्वप्रकाश शर्मा र