दिल्लीको एक अदालतमा परिसरमा गोली हानी महिलाको हत्या « Khabarhub

दिल्लीको एक अदालतमा परिसरमा गोली हानी महिलाको हत्या


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – दिल्लीको एक अदालतमा एक महिलाको गोली हानी हत्या गरिएको छ । अदालत परिसरमा भएको गोली लागेर ४२ बर्षिया राधा नाम गरेकी महिलाको मृत्यु भएको हो ।

उनी माथि ४–५ गोली हानिएको थियो भने उनलाई अस्पताल लैजाने क्रममा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

ती महिला माथि बिहान १०:३० बजे ४–५ राउण्ड गोली हानिएको थियो भने उनको पेट र हातमा तीनवटा गोली लागेको छ । गोली लागेर एक वकिल पनि घाइते भएका छन् । सो गोली हाने पछि आक्रमणकारी क्यान्टिनको गेटबाट भागेका थिए ।

वकिलको भेषमा आएका आक्रमणकारीले महिलालाई ताकेर गोली हानी हत्या गरेका हुन्। कडा सुरक्षाबीच गोली चलेपछि यहाँ भागभाग मच्चिएको थियो । अदालत परिसरमा भिडभाड भएको समयमा नै ती आक्रमणकारी भित्र प्रवेश गरेको बताइएको छ।

आरोपित महिला विरुद्ध ठगी मुद्दा दायर भएको थियो । आज उनको सुनवाइ थियो । अदालत भित्र दिन दहाडै गोली हानिएको घटनालाई लिएर दिल्ली प्रहरीको सुरक्षा संयन्त्र माथि प्रश्न उठाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस घटनालाई लिएर सुरक्षा व्यवस्थालाई लिएर केन्द्र सरकार माथि प्रश्न उठाएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १२ : ५५ बजे

बनेपाबाट सुमो रिजर्भ गरेर बैंक लुट्न सिन्धुली, भोक लागेर चाउचाउ किन्न जाँदा समातिए ‘लुटेरा’

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, बस्तीपुर हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा

विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका ४ बजेलाई सारियो

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यतालिका संशोधित

विश्वप्रकाश ८ बुँदे बोकेर सानेपातिर, विशेष महाधिवेशनको निर्वाचन ४ बजेसम्मलाई सारियो

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि अघि सारेको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी,  विश्वप्रकाश सानेपा जाँदै

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको