मध्यपहाडी लोकमार्ग : सडक विस्तार नगर्न आग्रह « Khabarhub

मध्यपहाडी लोकमार्ग : सडक विस्तार नगर्न आग्रह


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बलेवा– सर्वोच्च अदालतको फैसला नआउँदै सडक विस्तार गर्न लागेको जनाउँदै बागलुङ नगरपालिका–१ का स्थानीयले विरोध जनाएका छन् ।

सडक डिभिजन कार्यालय बागलुङलाई निवेदन दिँदै स्थानीयले बागलुङ–१ बाङ्गेचौरदेखि उपल्लाचौर माथिल्लो चोकसम्मको सडकमा सरकारबाट हालसम्म कुनै किसिमको मुआब्जा र सुविधा नपाएको जनाएका छन् । सो विषयमा मुद्दा दायर भएकाले फैसला नआउँदासम्म काम नगर्न नगराउन उनीहरूले माग गरेका हुन् ।

मध्यपहाडी लोकमार्ग मापदण्डसम्बन्धी दबाब समितिले सडक डिभिजन कार्यालय बागलुङलाई पत्र बुझाउँदै प्रशासन र प्रहरी कार्यालयलाई बोधार्थ दिएका छन् । आफूहरू विकास विरोध नभएको र आफ्ना माग सम्बोधनका लागि सर्वोच्च अदालतमा मुद्दा चलिरहेकाले फैसला नआएसम्म काम गर्न नहुने मध्यपहाडी लोकमार्ग मापदण्डसम्बन्धी दबाब समितिका संयोजक केवी रानामगरले बताए।

रामरेखा क्षेत्रका प्रभावित ८९ पीडितले २०७६ चैतमा सर्वोच्च अदालतमा मुद्दा दिएकाले जनताको नैसर्गिक अधिकार र कानुनको बर्खिलाप हुने गरी काम नगर्न नगराउन निवेदन दिएको उनले जानकारी दिए ।  सडक डिभिजन कार्यालय बागलुङले बाङ्गेचौरदेखि बागलुङ–१ को कार्यालयसम्म सडक साँघुरो र दुर्घटनाको दृष्टिकोणले जोखिमयुक्त रहेकाले मर्मत गर्न लागिएको जनाएको छ ।

सडकको विशेष मर्मत कार्यका लागि टेवा पर्खाल तथा नाली निर्माणका लागि अति आवश्यक भएकाले बाङ्गेचौरदेखि बागलुङ नगरपालिका–१ को कार्यालयसम्म मात्र सडक मर्मत गर्न लागिएको डिभिजनको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  २ : ३५ बजे

बनेपाबाट सुमो रिजर्भ गरेर बैंक लुट्न सिन्धुली, भोक लागेर चाउचाउ किन्न जाँदा समातिए ‘लुटेरा’

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, बस्तीपुर हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा

विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका ४ बजेलाई सारियो

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यतालिका संशोधित

विश्वप्रकाश ८ बुँदे बोकेर सानेपातिर, विशेष महाधिवेशनको निर्वाचन ४ बजेसम्मलाई सारियो

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि अघि सारेको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी,  विश्वप्रकाश सानेपा जाँदै

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको