काभ्रेपलाञ्चोकका व्यवसायीद्वारा मालबाहक ढुवानी रोक्ने चेतावनी « Khabarhub

काभ्रेपलाञ्चोकका व्यवसायीद्वारा मालबाहक ढुवानी रोक्ने चेतावनी


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– अरनिको, विपी र हेलम्बु राजमार्गमा गुड्ने मालबाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी रोक्ने चेतावनी दिएका छन् ।

कार्यालयले गृह मन्त्रालयले जिल्लाका तौल पुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि गत मंगलबार यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा बिहीबारदेखि अनिवार्यरूपमा भार मापन गर्न निर्देशन दिइएको थियो ।

यातायात व्यवस्था विभागको सात दशमलव पाँच घन मिटर निर्माण सामग्री बोक्न पाउने प्रावधानअनुसार ढुवानी भइरहेकोमा भार मापन केन्द्र (तौल पुल) मा तौल लिँदा समय लाग्ने तथा प्रशासनले कति तौल बोक्नुपर्ने भन्ने यकीन नगरेका कारण दुःख दिएको जनाउँदै व्यवसायीले ढुवानी रोक्ने चेतावनी दिएका हुन् ।

विसं २०७८ पुसमा काभ्रेपलाञ्चोकको तीन स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भार मापन केन्द्र (तौल पुल) व्यवस्थित गरिएको थियो । त्यसयता मालबाहक सवारीले आनाकानी गर्दै भार मापन नगरेका कारण तौल पुल लथालिङ्ग अवस्थामा रहेपछि काभ्रेपलाञ्चोक प्रशासनले बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको हो ।

तौलपुल स्थापनापछि तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न-गराउन आग्रह गर्दै आएका थिए ।

बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले प्रशासनले कति तौल बोक्नुपर्ने स्पष्ट नगरी गाडीको तौल लिएर झन्झट दिलाएको आरोप लगाएका छन् । हामी पनि विभागको प्रावधानअनुसार नै चलेका छौँ तौल लिने नाममा दुःख दिनुभएन, होइन भने हामी सम्पूर्ण ढुवानी रोक्नेछौँ, केही व्यवसायीले आजदेखि नबोक्ने भनिसक्नुभयो’, उनले भने ।

टिपरलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाइएको छ । दुई राजमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र बनेपा–खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार मालबाहक सवारी साधन चल्ने गर्दछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश थापाले टिपर तथा ट्रकलाई ढालाभन्दा माथि सामग्री बोकेर नहिँड्न आग्रह गर्दै आइएको बताए ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले तीन राजमार्गमा गुड्ने मालबाहक सवारीलाई अनिवार्यरूपमा नियमसङ्गत ढङ्गले भारमापन गराउने बताए । उनले भने, ‘मालबाहक सवारीलाई अनिवार्यरूपमा भार मापन गर्न लगाइनेछ, यसबाट सडक जोगिनेछ भने व्यवसायीको समेत विश्वास बढ्नेछ ।’ उनका अनुसार मालबाहक सवारी साधनको भार मापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् ।

भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ (संशोधनसहित)को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा ०७८ फागुनमा जारी पत्रअनुसार स्थानीय तहले भार मापन कार्यलाई कडाइ गरे पनि भार मापन हुन सकेको थिएन ।

तौलपुलमा भार मापन गरेबापत प्रतिसवारीले रु एक सय ५० तिर्नुपर्ने नियम बनाइएको छ । निर्देशिकाअनुसार छ पाङ्ग्रेभन्दा माथि क्षमताका मालबाहक सवारी साधनले अनिवार्य भार मापन गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ३ : ५२ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले