ओडीआईमा सन्दीपको कीर्तिमानी, बने सबैभन्दा छिटो १०० विकेट लिने क्रिकेटर | Khabarhub Khabarhub

ओडीआईमा सन्दीपको कीर्तिमानी, बने सबैभन्दा छिटो १०० विकेट लिने क्रिकेटर


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा कीर्तिमान कायम गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध भएको खेलमा १०० विकेट लिएसँगै सन्दीपले ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको रूपमा कीर्तिमान कायम गरेका हुन् ।

शुक्रबार ओमानविरुद्धको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् ।

यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल बाँकी छँदै सन्दीपले तोडेर आफ्नो नाममा ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको रूपमा नाम दर्ज गरेका हुन्  ।

सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडिआईमा डेब्यु गरेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ३ : ५८ बजे

जेन-जीहरू मिलेर नयाँ दल बनाउने कसरत, ‘पपुलर’ व्यक्तिको पछि लाग्दा आन्दोलन सकिने डर

काठमाडौं- मंगलबार दिनभर तीनवटा जेन-जी समूहसँग नेताहरूले छलफल गरेका छन्

चीनको ब्याट्री उद्योगमा तीव्र वृद्धिः बिक्री ४८.९ प्रतिशतले बढ्यो

चेंग्दु – चीनको ब्याट्री उद्योग यस वर्षको पहिलो तीन महिनामा

ट्रम्पद्वारा नेतान्याहूलाई माफी दिन राष्ट्रपति हर्जोगसँग आग्रह

एजेन्सी– इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट

पार्टी प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवार दिइनेछ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  महासचिव शंकर पोखरेलले पार्टी प्रवेश