उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री खड्का | Khabarhub Khabarhub

उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री खड्का


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वैशाख १० मा हुन लागेको उपनिर्वाचनपछि संघीय सरकारले पूर्णता पाउने बताएका छन् ।

आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले भने, ‘यस बीचमा सर्वोच्च अदालतको प्रधानन्याधीशको नियुक्ति, सुनुवाइ समितिको निर्माण, संवैधानिक परिषद्सम्बन्धी ऐन पेश भइसकेको छ त्यसलाई पनि अघि बढाउने गरी प्रक्रिया अघि बढेको छ ।’

उनले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली करिडोरलाई प्राथमिकतामा राखिने बताए । ‘अहिले मुलुकको अर्थतन्त्रको अवस्था अप्ठ्यारो छ त्यसका बावजुत पनि कर्णाली करिडोरको सडकलाई राष्ट्रिय प्राथमिकताको राखेर बहुवर्षीय योजनामा अगाडि बढाउने योजनामा छौँ’, खड्काले भने । यसका लागि कर्णालीबाट सङ्घमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरूले प्राथमिकताका साथ काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ । 

साथै, हाल रत्नराजमार्गको सडकको डिपिआर तयार भइ अगाडि बढाउने काम भएको र वीरेन्द्रनगर तेलपानी भुरीगाउँ सडकलाई पनि प्राथमिकतामा राखेको उनको भनाइ छ ।

कर्णाली र सुदूरपश्चिमलाई संघीय बजेटबाट धेरै पछाडि पार्ने चलन भएको भन्दै अब यी प्रदेशमा बजेटको प्राथमितामा पारिने बताए । ‘सम्माननीय प्रधानमन्त्री र म चुनावी अभियानको क्रममा कर्णाली आउँदा हामीले चुनाव जित्यौँ भने त्यसपछि बन्ने सरकारले बजेटमा प्राथमिकता पार्छौँ भनेका थियौँ’, मन्त्री खड्काले भने,  ‘यो कुरामा हामी प्रतिबद्ध छौँ । विगतमा यो प्रदेश पछाडि परेको अवस्था हो त्यसलाई चिर्दै अगाडि बढ्दैछौँ ।’

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ३ : ५९ बजे

कम्बोडियाका पूर्वशासक हुन सेनसँगको गोप्य अडियो चुहिएपछि थाई प्रधानमन्त्री सिनावात्रालाई सङ्कट

काठमाडौं- कम्बोडियाका पूर्वशासक हुन सेनसँगको फोन कलमा सार्वजनिक आक्रोश निम्त्याएको

आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडाध्यक्षलाई पुरानै जिम्मेवारी 

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह आफैँले गरेको निर्णयबाट पछि

कोलाजको ऐना, अक्षरको विम्ब 

हङकङ साहित्यिक साझा शृङ्खलाको दुई कार्यकाल संयोजक भएर नेतृत्वदायी भूमिका

कार्यभार सम्हालेपछि राजुनाथले भने- पुरानो कुरा बिर्सिन चाहन्छु

काठमाडौं– काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे काममा फर्किएका

उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान