मुद्दा खारेजीको मागसहित बालेन शाहद्वारा उच्च अदालतमा लिखित जवाफ « Khabarhub

मुद्दा खारेजीको मागसहित बालेन शाहद्वारा उच्च अदालतमा लिखित जवाफ


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूसहित विरुद्ध परेको रिट खारेजभागी रहेको दाबी गर्दै लिखित जवाफ पेस गरेका छन् । 

सुकुम्बासीवस्ती हटाउने सूचनाको विरुद्धमा बालेनसहित चारजनाविरुद्ध उच्च अदालत पाटनमा परेको रिटको लिखित जवाफ पेस गर्दै रिट खारेजभागी रहेको उनले दाबी गरेका हुन् । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, नेवा सभ्यता राष्ट्रिय सम्पत्ति तथा स्रोत साधनको संरक्षण गर्ने दायित्वबाट महानगरलाई विमुख बनाउने उद्देश्य प्रेरित रिट खारेज भागी रहेको दाबीसहित प्रमुखद शाहले आफ्नो लिखित जवाफमा रिट निवेदन खारेज गर्न माग गरेका छन् । 

‘गैरसुकुम्बासीको योजनामा कानुन हातमा लिने, नदीको जग्गा कब्जा गर्ने, विना स्वीकृति पक्की घर, टहरा, सटर कबल बनाउने, तहतह किनबेच गर्ने, घरेलु हतियार तथा विस्फोटक पदार्थसहित आपराधिक बल प्रयोग गर्ने, सहरी सौन्दर्यीकरणको कुनै पनि काम गर्न नदिने जस्ता कानुनद्वारा बर्जित कार्यहरूको समर्थन गर्ने विपक्षीको रिट निवेदन भित्रको मनसाय प्रश्नयोग्य छ,’ शाहले आफ्नो लिखित जवाफमा भनेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ४ : ०९ बजे

बनेपाबाट सुमो रिजर्भ गरेर बैंक लुट्न सिन्धुली, भोक लागेर चाउचाउ किन्न जाँदा समातिए ‘लुटेरा’

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, बस्तीपुर हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा

विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका ४ बजेलाई सारियो

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यतालिका संशोधित

विश्वप्रकाश ८ बुँदे बोकेर सानेपातिर, विशेष महाधिवेशनको निर्वाचन ४ बजेसम्मलाई सारियो

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि अघि सारेको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी,  विश्वप्रकाश सानेपा जाँदै

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको