एसीसी प्रिमियर कपमा ओमनमाथि नेपालको शानदार जित « Khabarhub

एसीसी प्रिमियर कपमा ओमनमाथि नेपालको शानदार जित


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसीसी प्रिमियर कपमा नेपालले ओमनलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा नेपालले ओमनलाई ८४ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो इनिङमा ३१० रनको विशाल योगफल कायम गरेको थियो । एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो सबैभन्दा उच्च योगफल हो ।

नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक बनाए । उनले ६४ बलमा १०८ रन बनाए । त्यसैगरी, सोमपाल कामीले ६३ रन बनाए । नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमन ४६ ओभर ३ बलमा २२६ रनमा समेटियो ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ३ विकेट लिए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ४ : ४८ बजे

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न

‘जो बोल्न सक्दैन, हिँड्न सक्दैन त्यो नेपाली कांग्रेसको सभापति हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मनसुरले बोल्न नसक्ने हिँड्न नसक्ने

कारबाही खारेज गर्दै गगनले भने : रूखबाहेक अन्त भोट हाल्नु पर्दैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कार्यकर्ताहरूले रुख