तनहुँमा सडकको नालीमा एक युवकको शव फेला « Khabarhub

तनहुँमा सडकको नालीमा एक युवकको शव फेला


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

दुलेगौँडा- तनहुँ शुक्लागण्डकी–७, शान्तिनगरस्थित खैरेनीटार भिमाद सडकको नालीमा युवकको शव फेला परेको छ । दोभानको उकालो नजिकै एक्लेवरमा बिहान पौने ६ बजे बेवारिसे अवस्थामा स्थानीय ३८ वर्षीय सुरेन्द्र विकको शव फेला परेको प्रहरीले जनाएको छ ।

मकै गोड्ने मेला जाने क्रममा एक महिलाले नालामा बेवारिसे शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृत समेतको अनुसन्धान टोलीले प्रारम्भिक रूपमा अनुसन्धान गर्दा विकको टाउकोमा कडा वस्तुले प्रहार गरेर हत्या गरी नालीमा फालेको देखिएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

घट्नामा संलग्न भएको आशंकामा स्याङ्जा हरिनास गाउँपालिका(४ गृह्रकोट स्थायी घर भई शुक्लागण्डकी(७, शान्तिनगरमा डेरा गरी बस्ने वर्ष ५७ का देवबहादुर चन्दलाई पक्राउ गरी उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

स्थानीयका अनुसार विकसहितको ५ जनाको टोली राति रक्सी खाएर बसेका थिए । रक्सीले मातेपछि आपसमा विवाद हुँदा घटना भएको हुन सक्ने प्रहरीको आशंका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ८ : ११ बजे

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न

‘जो बोल्न सक्दैन, हिँड्न सक्दैन त्यो नेपाली कांग्रेसको सभापति हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मनसुरले बोल्न नसक्ने हिँड्न नसक्ने

कारबाही खारेज गर्दै गगनले भने : रूखबाहेक अन्त भोट हाल्नु पर्दैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कार्यकर्ताहरूले रुख