संगीतको माया गहिरो छ « Khabarhub

संगीतको माया गहिरो छ

'हिम्मत लिएर लागेपछि सफलता हाम्रै हो'


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विमल अधिकारी पछिल्लो पुस्ताका चर्चित गायक हुन्। नेपाली गीत संगीतको क्षेत्रमा एक सफल सर्जकका रूपमा उनको चर्चा हुने गरेको छ। गायनसँगै उनले मोडलिङलाईसमेत सँगसँगै अगाडि बढाएका छन्। गायन क्षेत्रका संघर्ष, चुनौती र भविष्यको विषयमा सुमधुर स्वरका धनी गायक विमल अधिकारीसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको ‘आहा माया’ भन्ने गीतको चर्चा धेरै छ। गीतले चर्चा पाउँदा कस्तो महसुस भएको छ?
‘आहा माया’ फिल्मी खालको गीत छ। यो भर्खर आएको गीत हो। टिकटकमा धेरै राम्रो चर्चा बटुल्न सफल भएको छ। टिकटकमा धेरै देख्ने भएकाले चर्चित भएको प्रतिक्रिया पाएका छौं।

तपाईं मोडलको रूपमा पनि काम गर्नुहुन्छ। रोजाइमा संगीत र मोडलिङ ?
मोडलिङ र संगीत दुई वटै मेरो रोजाइका क्षेत्र हुन्। यो दुवै काम मैले १२ वर्ष अगाडिदेखि नै गर्दै आएँ। काम गर्दै जाँदा म कहिल्यै पनि परिपक्व भएको जस्तो लाग्दैन। अब धेरै मेहनत गर्न बाँकी छ। यो त सुरुवात मात्र हो।

सांगीतक यात्राका सुरुवाती दिन कस्ता रहे ?
मेरा लागि सन् २०१० को समय धेरै कठिन थियो। जतिबेला मैले कठिनाइका बाबजुद काम गर्दै आएको छु। पहिले अहिलेको जस्तो सामाजिक सञ्जाल थिएन। मसँग त फोन पनि थिएन। त्यस कारण कठिन रूपमा यहाँसम्म आएको अनुभव छ। काम सम्झने हो भने कहालीलाग्दो नै लाग्छ। म सपना देखेर पनि उठेर गीत लेख्छु। शब्दमा आफै डुबेर त्यो सिनलाई महसुस गरेर गीत लेख्ने काम गर्छु।

अब कस्ता गीतहरू लेख्ने योजनामा रहनुभएको छ ?
काम गर्दै जाने हो। त्यो मोडमा भरपर्छ। लेख्छु भनेर कापी लिएर बस्दैमा लेख्न मलाई आउँदैन। समय परिस्थिति अनुकूल मिल्नु पर्ने हुन्छ। कुनै गीत २४ घण्टामा रेकर्ड तथा भिडियो नै गरेको छु। कुनै गीतको लागि भने धेरै दिन पनि लागेको छ।

खासमा पछिल्लो समयका गीत टिकटकको कारण नै चलेका हुन् ?
त्यसो होइन। कति टिकटकमा आएर पनि चल्नु पर्ने गीत नचलेका छन्। टिकटकबाट तिता मिठा कुरा भएको पाइन्छ। चल्ने गीत नचल्ने पनि भएको छ। नचल्ने गीत चलेको पनि छ। मलाई लाग्छ रेडियो टेलिभिजनबाट सुनेर गाएको र सुनेका गीतहरू नै दीर्घकालीन हुन्छन्। पहिलेका गीतहरू अहिलेको बच्चाले पनि गाएको हुन्छ । तर अहिलेको गीत भने केही समय मात्र हो चर्चामा देखिने। पछि गएर त्यसको महत्त्व नै हराएको जस्तो हुन्छ।

यो क्षेत्रमा लागेर बाच्न कत्तिको सम्भव छ ?
बाँचेकै छु। जसलाई मैले हिजो नमस्कार गर्दै आए। उहाँहरुप्रतिको सम्मान उस्तै छ। हिजो मेरा अग्रज आज पनि अग्रज हुनुहुन्छ। उहाँहरूले मलाई यसले केही गर्दैन खाडी तिर जान्छ भन्नुहुन्थ्यो। म काम गरेर देखाउँछु भनेर हिँडेको मान्छे हुँ। त्यसको लागि आँट र हिम्मत लिएर लागेपछि सफलता अवश्यक प्राप्त हुन्छ।

‘आहा माया’ भन्ने गीतका गायक हिमाल सागरसँगको सहकार्य अलि लामो वा कस्तो छ ?
उहाँको बारेमा भन्नुपर्दा म नेपालमा कुनै गायकको फ्यान हो भने उहाँको फ्यान हो। हाम्रो ढिलो सहकार्य भएको हो। तर धेरै राम्रो सहकार्य भएको छ। उहाँसँगको सहकार्य प्रतीक्षाको फल मिठो हुन्छ भने जस्तो भएको छ।

सिर्जना गर्दा कसैलाई माया बसेको भन्न सोचेर गर्नुमा र अब बस्ला है भनेर गर्नुमा के फरक छ?
माया पनि यति गहिरो चिज छ कि माया भित्र सयौँ चिज छन्। मायाको पछाडि धेरै माया छन्। त्यसमा मायाको प्रकार मात्र फरक हो। बुबा आमालाई गर्ने माया अलग छ। ‘ए हो र माया’ बनाउँदा म कसैलाई यति धेरै मनपर्छ कोही चिज पाउनै पर्छ भन्ने हुँदैन। तर धेरै मन पर्ने हुन्छ। मायामा म यति धेरै डुबीसके पानी के हो र सागर के हो ? म पानीमा भन्दा बढी मायामा डुबे। त्यसकै परिणाम हो, ‘जुन सागर पनि तर्छु झैँ लाग्छ। तिमी नभए मर्छु झैँ लाग्छ’। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ७ : २४ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,