वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न प्रचण्डको अपिल « Khabarhub

वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न प्रचण्डको अपिल


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन्।

समाजवादी क्रान्तिका नेता भ्लादिमिर इल्यिच लेनिनको १५३औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा आज शुभकामना दिँदै उनले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन सम्पूर्ण वामपन्थी शक्तिलाई आग्रह गरेका छन् ।

वर्गसङ्घर्ष र विचारधारात्मक सङ्घर्षको लामो शृङ्खला एवं विभाजन र एकताका अनगिन्ती अनुभव हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको स्मरण गर्दै उनले नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्व र पहलकदमीमा भएको ऐतिहासिक सङ्घर्षकै परिणामस्वरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको जनाए।

प्रधानमन्त्री दाहालले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समाजवादोन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।

देश अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यवहारिक अभ्यासको चरणमा प्रवेश गरेको जनाउँदै उनले नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्‍याउन सरकार कटिबद्ध रहेको सुनाए ।

शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व आफूहरुको सामुन्ने रहेको उनको भनाइ छ । प्रतिगमन विरोधी वामपन्थी तथा लोकतान्त्रिक शक्तिको वर्तमान गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ रहेको पनि उनले जनाएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ९ : २९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार