शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्नुपर्ने बताएका छन् ।

शनिबार प्रेस सेन्टरको उपत्यका प्रदेश समितिको साधारणसभामा बोल्दै उनले वर्तमान सरकारले कुनै पनि हालतमा सङ्क्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने बताएका हुन् । उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा हुन नदिन अनेक प्रयत्न भइरहे पनि पूरा गर्नैपर्ने बताएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा  देखिएका  समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वासन दिएका छन् । 

मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी संकटमा नफसेको र त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकार लागिपरेको बताएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १ : ३७ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय