मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आयोगको निर्देशन « Khabarhub

मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आयोगको निर्देशन


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही वैशाख १० गते हुने उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।

निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, निर्वाचन आचारसंहिता, २०७९, निर्वाचन विवाद (सुनुवाइनिरुपण) सम्बन्धी कार्यविधि, २०७६, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७४ आदिमा भएका कानुनी व्यवस्थाको पालना गरी-गराई देहायबमोजिम हुन सम्बन्धित मुख्य निर्वाचन अधिकृतमार्फत मतदान कार्यमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत सम्बद्ध कर्मचारीलाई आयोगले विशेष निर्देशन दिएको छ ।

आयोगले मतदातालाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाई मतदान केन्द्रमा जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामान लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निशेध गरिएको जनाएको छ । 

निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मतदान कार्यमा खटिने कर्मचारी र उम्मेदवारका प्रतिनिधिलाई अनुसूची बमोजिमको प्रतिवद्धतापत्रमा दस्तखत गराई सोको पूर्ण पालना गर्ने÷गराउने, अशक्त ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी वा गर्भवती वा आफ्नो काखे बच्चा साथमा भएकी महिला, किरियापुत्री आदि जस्ता मतदातालाई प्राथमिकता दिई सहजरुपमा मतदान गर्ने व्यवस्था मिलाइने आयोगले जनाएको छ । 

मतदान अधिकृतले दृष्टिविहीन वा शारीरिकरुपले पूर्ण अशक्त वा अति अशक्त अपांगताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले आफैँ मतदान कक्षमा गई एक्लै मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्ता आफैँ मत संकेत गर्न नसक्ने मतदाताका हकमा एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा जान अनुमति दिई मतदान अधिकृतको रोहबरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत संकेत गर्ने उपयुक्त व्यवस्था मिलाइने जनाइएको छ । 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १ : ४८ बजे

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन