‘देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुन आवश्यक’  « Khabarhub

‘देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुन आवश्यक’ 


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा नेता खनालले देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियतामाथि देखिएको संकट समाधानका लागि सबै शक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । 

उनले पछिल्लो निर्वाचनपछि सङ्घ र प्रदेश सरकार बनाउने प्रक्रिया जारी रहेकाले दुवै तहका सरकारले पूर्णता पाएपछि जनचाहनाअनुसार विकासका कामले तीव्रता पाउने विश्वास व्यक्त गरे ।

त्यसैगरी उनले संविधानले परिकल्पना गरेको समाजवादमा जान देशका सबै वामपन्थी कम्युनिष्ट शक्तिहरू मिल्नुको विकल्प नभएको समेत बताए। ‘समाजमा रहेका सबै विभेद, असमानता र अन्यायको अन्त्यको आधार समाजवाद हो भन्ने कुरा दलहरू सबैले भनिरहेका छन् तर यो भन्ने र देखाउने विषयमात्रै होइन’, पूर्वप्रधानमन्त्री खनालले भने, ‘समाजवादलाई व्यवहारमा ल्याउन जरुरी छ । त्यसका लागि हाम्रो पार्टीले देशभर सन्देश फैलाइरहेको छ ।’

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ५ : ५४ बजे

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले