सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लब विजयी « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लब विजयी


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । शनिबार च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्रले फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले हराएको हो ।

मछिन्द्रको जितमा चेन्चो ग्याल्सेन र देवेन्द्र तामाङले एक एक गोल गरे । खेलको ४५ औं मिनेटमा ग्याल्सेनले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६३ औं मिनेटमा देवेन्द्रले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ७६ औं मिनेटमा फ्रेन्ड्सका अमिनुले गोल गरेपनि मच्छिन्द्र  २–१ ले विजयी भयो ।  मछिन्द्रको यो चौंथो जित हो । मच्छिन्द्रले ११ खेलमा १६ अंक जोडेको छ । फ्रेन्ड्सले ११ खेलमा ११ अंक जोडेको छ ।

त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मनाङलाई एफसी खुमलटारले २–१ गोल अन्तरले पराजित गर्‍यो । खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे । मनाङका कोफी टिमोथी कुडोले एक गोल फर्काए । खेलको १३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए । 

खेलको ५३ औं मिनेटमा मनाङका कोफी टिमोथी कुडोले पेनाल्टीमा गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको इन्जुरी समयमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–१ को जित दिलाए । खुमलटारको यो चौंथो जित हो ।

खुमलटारले ११ खेलमा १३ अंक जोडेको छ । मनाङको यो लगातार चौंथो हार हो । मनाङले ११ खेलमा १५ अंक जोडेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ६ : ४१ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल