चितवन २ मा मतदान सुरु (तस्वीरसहित) « Khabarhub

चितवन २ मा मतदान सुरु (तस्वीरसहित)


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा मतदान सुरु भएको छ । लक्ष्मी माध्यमिक विद्यालय लङ्खुमा बिहान ७ बजे नै मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ।

मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदानका लागि आम नागरिक बिहानैदेखि लाइनमा लागेका छन् । अहिले मतदानको कार्य शान्तिपूर्ण ढङ्गबाट भइरहेको छ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठबीचमा मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ । मंसिर ४ गतेको निर्वाचनबाट विजयी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । निर्वाचनका कारण यस क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी रोकिएका छन् ।

आजै बारा–२ र तनहुँ–१ मा पनि मतदान हुँदैछ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : २० बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा