चितवन २ मा मतदान सुरु (तस्वीरसहित) | Khabarhub Khabarhub

चितवन २ मा मतदान सुरु (तस्वीरसहित)


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा मतदान सुरु भएको छ । लक्ष्मी माध्यमिक विद्यालय लङ्खुमा बिहान ७ बजे नै मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ।

मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदानका लागि आम नागरिक बिहानैदेखि लाइनमा लागेका छन् । अहिले मतदानको कार्य शान्तिपूर्ण ढङ्गबाट भइरहेको छ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठबीचमा मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ । मंसिर ४ गतेको निर्वाचनबाट विजयी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । निर्वाचनका कारण यस क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी रोकिएका छन् ।

आजै बारा–२ र तनहुँ–१ मा पनि मतदान हुँदैछ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : २० बजे

इरानले ठूलो मूल्य चुकाउनु पर्ने नेतन्याहूको चेतावनी

जेरुसेलम – बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण

श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण

सुनसरी – बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका–६ र ९ श्रीलङ्का टापुका

नेपालविरुद्ध नेदरल्याण्ड्सका माइकल लेविटको अर्धशतक

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालविरुद्ध ब्याटिङ

नेपालले लियो नेदरल्याण्ड्सको चौथो विकेट

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा