डुबान र बाढीबाट म्यान्मारमा हजारौं प्रभावित « Khabarhub

डुबान र बाढीबाट म्यान्मारमा हजारौं प्रभावित


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यङ्गून– भारी वर्षासँगै बाढी र डुबानका कारण म्यान्मारमा हजारौं विस्थापित भएका छन् ।

भारी मनसुनी वर्षाका कारण म्यान्मारको इरावादी र चिण्डविन नदीमा पानीको सतह बढेर वस्तीहरु डुबानमा परेकाले १८ हजारभन्दा धेरै मानिसहरु विस्थापित भएका हुन् । म्यान्मारको कचिन राज्य सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । कचिन राज्यमा मात्र १४ हजारभन्दा धेरै विस्थापित भएका छन् ।

त्यस्तै, नजिकको रखायन राज्यमा पनि डुबानबाट ३ हजारभन्दा धेरै मानिसहरु विस्थापित भएको बताइएको छ । रखायन राज्यमा विद्रोही र सुरक्षाफौजबीच जारी हिंसात्मक घटनाबाट विस्थापित भएका मानिसहरु पछिल्लो डुबानबाट पीडित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विस्थापितको उद्धार र राहतका लागि सुरक्षाकर्मी र उद्धारकर्मीहरु परिचालन गरिएको अधिकारीले जनाएका छन् । म्यान्मारले ती क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता संस्था तथा सञ्चारकर्मीलाई जान प्रतिबन्ध लगाएका कारण घटनाको यकिन तथा विस्तृत विवरण सार्वजनिक नभइसकेको बताइएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : ०० बजे

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’