लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग राख्दै आदिवासी जनजाति महासंघ आन्दोलित | Khabarhub Khabarhub

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग राख्दै आदिवासी जनजाति महासंघ आन्दोलित


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आरक्षण बचाऔं आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै विभन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

आयोगको विज्ञापन असंवैधानिक भएको भन्दै महासंघले मसाल जुलुस, विशाल जनप्रदर्शन र नेपाल बन्द समेत गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।  आन्दोलनका कार्यक्रम अन्तर्गत असार ३१ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन गरिनेछ भने साउन २ र १० गते नेपाल बन्द गर्ने महासंघले जनाएको छ ।

त्यसैगरी आन्दोलनकै कार्यक्रम अन्तर्गत सोमबार विभिन्न ठाउँबाट सिटी जुलुस निकालिने जनाएको छ । त्यसैगरी भोलि मंगलबार माइतीघर मण्डलासहित देशैभर जुलुससहित विशाल जनप्रदर्शन गरिने महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ५ : ३८ बजे

चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात र पूर्वाधारमा सुधार गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वको पूर्व सन्ध्यामा सडक

फर्स्याइला भरत, ठट्टेउला मुन्धुमविद्

भरत तुङघङ र मेरो पहिलो प्रत्यक्ष भेटघाट संयोगले भएको थियो,

माइलस्टोनमा गृह मन्त्रालय सर्वोत्कृष्ट : लेखकको नेतृत्वमा पाँच वर्षयताकै प्रगति उच्च

काठमाडौं– नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनमा

पोखरामा बीवाईडीको नयाँ शोरूम र सिलायन ७ को शुभारम्भ

पोखरा– नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स

देउवाको निवासमा भारतीय विदेश सचिव मिस्रीलाई स्वागत

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार आफ्नै निवास