चितवन २ : नयाँकिरण माविमा रोकिएको मतदान सुरु « Khabarhub

चितवन २ : नयाँकिरण माविमा रोकिएको मतदान सुरु


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको निर्वाचन क्षेत्र नम्बर २ को भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा स्थगित भएको मतदान सुरु भएको छ । रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेपछि स्थगित भएको मतदान सुरु भएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै मतदान स्थगित भएको थियो ।  नयाँ किरण मावि भोजाड केन्द्रमा रहेको मतदान स्थलमा दुई घण्टाभन्दा बढी समय मतदान स्थगित भएको थियो ।

निर्वाचन आयोगको पहलमा रास्वपा र अन्य दलका प्रतिनिधिबीच चार बुँदे समझदारी भएसँगै मतदान पुनः सुरु भएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दलका प्रतिनिधिसँगको छलफलपछि मतदान सुरु गरिएको जानकारी दिए। नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका थिए ।

यसैबीच आज जारी उपनिर्वाचनका क्रममा अहिले ३ः१५ बजेसम्म ५३ प्रतिशत मत खसेको आचार्यले बताए। आज बिहान ७ बजेदेखि मतदान जारी छ । 

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान जारी रहेको छ । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ ।  यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका छन् । 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ३ : ५७ बजे

विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै

जनकपुरधाम– सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मटकोर विधि गरिँदैछ

सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्ब नजिक

काठमाडौं– सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरु गरेको सामाजिक

कृषकलाई सुन्तला ढुवानीमा सधैँको समस्या

तनहुँ– देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैँको

भोजपुरको पौवादुङमाको चाँपे गाउँमा घरघरमा धारा जडान

भोजपुर– पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’

चितवनबाट फरार बन्दी झापामा पक्राउ

झापा– जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी