काठमाडौँ- नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी गरेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुव पोखरेलले चितवनका प्रजिअ र लामिछानेविरुद्ध उजुरी दिएका हुन् ।
निर्वाचन प्रक्रिया सुरु भएपछि सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट लामिछानेले मत मागेको, विभिन्न मतदान केन्द्रमा गएर लामिछानेले हुलहुज्जत गरेको, प्रजिअको निर्देशनमा एकपक्षीय रुपमा लाठी चार्ज गरेर वातावरण भयभित बनाएको, नयाँ किरण मावि भोजाडस्थितत मतदानस्थलमा असहज स्थिती पैदा गरेको भन्दै उजुरी गरेको हो ।














प्रतिक्रिया