काठमाडौँ – प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत बारा–२ को मतगणना भोलिमात्रै सुरु हुने भएको छ । दलहरुले भोलि सर्वदलीय बैठक आव्हान गर्न आग्रह गरेकाले भोलिबाट नै मतगणना सुरु हुने निर्वाचन अधिकृत सरोजकमार चौधरीले जानकारी दिए ।
भोलि बिहान सर्वदलीय बैठक बसी मतगणना सुरु हुने छ । यस्तै बारा– २ का सबै मतदान केन्द्रको मतपेटिका कलैया ल्याइपुर्याइएको छ । आइतबार १ सय ३७ मतदान केन्द्रमा सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनको सबै मतपेटिका कलैयाको गंगापुरस्थित शैक्षिक तालिम केन्द्रमा नेपाली सेनाको सुरक्षामा ल्याइएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।
५ वटा पालिकाका ४४ वटा वडामा रहेका मतदान केन्द्रबाट सबै मतपेटिका सदरमुकार ल्याइएको हो ।बारा–२ मा ६५ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत चौधरीले जानकारी दिए ।













प्रतिक्रिया