कर्णालीका मुख्यमन्त्री शर्माले शुक्रवार तेस्रो पटक विश्वासको मत लिने « Khabarhub

कर्णालीका मुख्यमन्त्री शर्माले शुक्रवार तेस्रो पटक विश्वासको मत लिने


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक विश्वासको मत लिने भएका छन् ।

नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले आगामी शुक्रबार तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री शर्माले त्यसका लागि गत आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने प्रायोजनका लागि पत्र दर्ता गराएका छन् ।

प्रदेश सभाका सचिव जीवराज बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन पत्र दर्ता गराएका हुन् ।

शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । ६ माघमा एमालेको समर्थनमा पहिलो पटक विश्वासको मत लिएका शर्माले १७ चैतमा राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रो पटक संसद्समक्ष विश्वासको मत लिएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : ३० बजे

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न