राप्तीमा पालिका निर्माण अभियान « Khabarhub

राप्तीमा पालिका निर्माण अभियान


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको राप्ती गाउँपालिकाले पालिका निर्माण अभियान सुरुआत गरेको छ । ‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिविधि सुरु गरेको अध्यक्ष प्रकाश विष्टले बताए । 

लुम्बिनी प्रदेशको राजधानी आफ्नै पालिकामा आएको अवस्थामा राजधानी सहर निर्माणदेखि सरसफाइ अभियान, सकारात्मक सोच तथा चिन्तन अभिवृद्धिका लागि यो अभियान सुरु गरिएको उनको भनाइ  छ । ‘राजधानी पनि हाम्रै पालिकामा छ’, उनले भने, ‘त्यसैले पालिकालाई व्यवस्थित, सभ्य र संस्कार युक्त बनाउन यो अभियान चालिएको हो ।’ पालिकाको नेतृत्वमा रहेको यो अभियानमा यस क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक सङ्घ संस्था, स्थानीय निर्वाचनका उम्मेदवारलगायतलाई समेटेर समिति बनाएको समेत उनले बताए ।  

सामाजिक अराजकता रोक्नका लागि सकारात्मक सोच, चिन्तन र व्यवहारको खाँचो रहेको उनको भनाइ छ । हरेक क्षेत्रको विकास पालिका मात्रैको सम्भव नहुने जनाउँदै सबैलाई साथमा लिएर अगाडि बढेकोसमेत उनले बताए । पूर्वाधार विकास मात्रै नभई चेतनास्तर वृद्धिका लागि पनि यो अभियानले भूमिका खेल्ने अध्यक्ष विष्टको भनाइ छ । 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १२ : ५० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर