चितवन-२ मा मतगणना सुरु  « Khabarhub

चितवन-२ मा मतगणना सुरु 


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। सोमबार दिउँसो प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना सुरू भएको हो। 

इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु गरिएको छ । आज बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको थियो। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तथा चितवनका प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्ल‌ंघन गरेको भन्दै आइतबार नेपाली कांग्रेसले मतगणनास्थलमा जान अस्वीकार गरेको थियो ।

दुवैलाई कारबाही गर्नुपर्ने माग राख्दै आएको कांग्रेसले सोमबार बिहान तीन बुदेँ सहमतिपछि मतगणना गर्न मञ्जुर भएकाले मतगणना सुरु गरिएको हो ।

जसअनुसार रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको विषय केन्द्रमा लेखेर पठाउने, सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरु माथि कारबाहीका लागि प्रहरीलाई जानकारी गराउने, प्रमुख जिल्ला अधिकारीलाई मतगणनास्थलमा उपस्थित हुन नदिनेलगायतका सहमति भएको थियो ।

चितवन–२ मा लामिछानेसहित नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

कडा सुरक्षाका साथ मतगणना स्थलको व्यवस्थापन मिलाएको छ जनाइएको छ । जसअनुसार मतगणना स्थललाइ तारजाली घेरिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  २ : २१ बजे

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

नारायणगढ– कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज

सीटीइईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइईभीटी) को रिक्त