रुस भ्रमण ऐतिहासिक भयो : अध्यक्ष तिमिल्सिना « Khabarhub

रुस भ्रमण ऐतिहासिक भयो : अध्यक्ष तिमिल्सिना


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो नेतृत्वमा सम्पन्न भएको रसिया(रुस) भ्रमण ऐतिहासिक भएको बताएका छन् ।

रसियाको उपल्लो सदन सङ्घीयसभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्काको निमन्त्रणामा भएको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा अध्यक्ष तिमिल्सिनाले रसियासँग अन्तर व्यवस्थापिका सहयोग आदनप्रदानका साथै आपसी सहयोग वृद्धिका लागि भ्रमण महत्वपूर्ण भएको बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणका क्रममा रसियाको उपल्लो सदन र राष्ट्रियसभाका बीचमा अन्तर–संसदीय सहयोगलाई प्रवद्धन गर्नेलगायत विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको बताए ।

राष्ट्रियसभा र फेडेरेसन काउन्सिलका बीचमा भएको समझदारीपत्रमा नेपाल र रुसी महासङ्घबीच अन्तर–संसदीय सहयोगलाई प्रवर्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालयबीच निकट अन्तरक्रिया अन्तर–संसदीय विषयलाई समावेश गरिने उल्लेख छ ।

त्यसैगरी आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी संसदीय गतिविधि, आधिकारिक प्रकाशन र आपसी चासोका अन्य दस्तावेजको सूचना आदानप्रदान गर्दै संसदीय गतिविधि, संसदीय गतिविधिको डिजिटाइजेशन, र सभा, समिति तथा आयोगका कार्यमा सूचना तथा सञ्चार प्रविधिको उपयोगमा अनुभव आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ ।

अध्यक्ष तिमिल्सिनाले नेपाल सरकारले चाहेको अवस्थामा जिटुजीमार्फत रुसबाट रासायनिक मल र गहुँ आयात गर्न चाहेको तथा विगतमा रोकिएको नेपाल र रुस सीधा हवाई उडान पुनः सुरु गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन रुस तयार रहेको जानकारी दिए ।

रुसको सहयोगमा बनेको कान्ति बाल अस्पतालको क्षमता विस्तारका लागि पनि रुसले चासो दिएको छ भने नेपालका स्थानीय तह र रुसका स्थानीय तहका बीचमा पनि मितेरी सम्बन्ध विस्तार गर्ने सहमति भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ९ : ४३ बजे

पाँच वर्षदेखि प्रयोगबिहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम- तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा– उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका गोठाला भेँडाबाख्रा

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए नाम

काठमाडौं– काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५०

सुकुम्वासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर

काठमाडौं– बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुम्वासीका लागि

सरकारलाई माधव नेपालको सुझाव- जनतालाई पीडा र यातना दिने गरी जनविरोधी काम नगरौँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले