सरकारी जमिन संरक्षणमा उपमहानगरको चासो « Khabarhub

सरकारी जमिन संरक्षणमा उपमहानगरको चासो


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले सरकारी जमिन संरक्षणमा चासो देखाएको छ । सरकारी जमिनमा भएको अतिक्रमण छुटाउँदै तारबार गरेर संरक्षण गर्ने अभियान सञ्चालन गरिएको नगरप्रमुख प्रशान्त विष्टले बताए ।

उनका अनुसार उपमहानगरका २३ वटै वडामा रहेको सरकारी जमिन पहिचान गरी संरक्षणका लागि पहल भइरहेको छ । वडा नं १ मा करिब एक कठ्ठा सरकारी जमिनको अतिक्रमण हटाएर तारबार गर्ने प्रक्रिया सुरु भएको छ । नेपालगञ्ज-१ विश्वनाथ टोलमा स्थानीयद्वारा कब्जा गरिएको सरकारी जमिनको अतिक्रमण हटाएर संरक्षणको लागि सबै प्रक्रिया अगाडि बढाइएको त्यहाँका वडाध्यक्ष प्रमोद रिजालले बताए । 

स्थानीयवासी चन्द्रकला उप्रेतीले सरकारी बाटो कब्जा गरी अन्य व्यक्तिको आवागमनमा अवरोध गराएको जनगुनासोपछि वडा कार्यालयले बुझ्दै जाँदा सरकारको नाममा भएको जग्गा अतिक्रमण गरेको पाइएकाले त्यहाँ निर्मित अस्थायी संरचना हटाएर संरक्षणको लागि तारबार गर्न लागिएको उनको भनाइ थियो । सार्वजनिक जग्गा अतिक्रमण हटाउने क्रममा आफूलाई बारम्बार विवादमा पार्न खोजिएको र अनावश्यक लाञ्छना लाउन  खोजिएको वडाध्यक्ष रिजालले गुनासो गरे । 

उनले अतिक्रमणबाट छुटाइएको एक कठ्ठा जग्गामध्ये केही स्थानीयवासीलाई आवागमनमा छोडेर बाँकी जग्गामा तारबार गरिने बताए । स्थानीयवासी दत्तप्रसाद आचार्यले वडा कार्यालयले कानुनसम्मत् काम गरेकाले आफूहरूको साथ रहेको बताए । सरकारी जग्गा संरक्षण गर्ने क्रममा विवाद हुन नदिन नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राईसहित जनप्रतिनिधिले  स्थलगत अवलोकन गरेका थिए । 

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  २ : ३७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको