बेवारिसे अवस्थामा रहेको कार्टिज बरामद | Khabarhub Khabarhub

बेवारिसे अवस्थामा रहेको कार्टिज बरामद


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सामा बेवारिसे अवस्थामा रहेको कार्टिज बरामद गरिएको छ ।

पर्सा जिल्लाको बिन्दवासीनी गाउँपालिका ३ स्थित इटाही इलाकाबाट शुक्रबार सशस्त्र प्रहरीले १२ बोर सट गनको १७ वटा फायर भएको र १२ वटा फायर नभएको कार्टिज बरामद गरेको छ ।

सोही ठाउँस्थित स्थानीयको खेतबारीमा बेवारिसे अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपश्चात् खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले सो कार्टिज सहित सट गनमा प्रयोग हुने सिलिङ्ग ३ वटा, राउण्ड राख्ने बिन्दुली २ वटा समेत बरामद गरेको छ ।

बरामद कार्टिज र सामान इलाका प्रहरी कार्यालय पोखरीयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ५ : २३ बजे

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी