सिंहदरबारमै कुकुर व्यवस्थापनमा समस्या | Khabarhub Khabarhub

सिंहदरबारमै कुकुर व्यवस्थापनमा समस्या


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा कुकुर व्यवस्थापनमा समेत समस्या देखिएको छ। यो समस्या वर्षौँदेखिको हो।

सवारीसाधनलाई लखेट्ने, सडकपेटीमै सुत्ने, जथाभावी दिसा–पिसाब गरेर फोहोर गर्ने, सिंहदरबारभित्र फोहोर संकलन तथा सरसफाइ गर्नेलाई टोक्न खोज्नेजस्ता समस्या देखिए पनि त्यसको व्यवस्थापनका लागि कुनै पनि निकाय जिम्मेवार र तत्पर देखिएका छैनन्।

सिंहदरबारभित्र रहेका कुकुरको यकिन तथ्यांक छैन। कुकुरलाई कुनै संकेत चिह्न नलगाइएकाले सङ्ख्या यकिन गर्न सकिँदैन। सिंहदरबारभित्र रहेका कुकुरको खानपान, औषधोपचारलगायतको व्यवस्थापन गर्ने गरिएको छैन। सिंहदरबारभित्रका चमेनागृह तथा खाजाघरका उब्रिएका र फालिएका खानेकुरा कुकुरका आहारा हुन्।

सिंहदरबारको पूर्वाधार निर्माण तथा व्यवस्थापनको जिम्मा पाएका सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी सुरेन्द्रकुमार शाहले सिंहदरबारभित्रका कुकुरको व्यवस्थापनसम्बन्धी सचिवालयमा कुनै बजेट तथा कार्यक्रम नरहेको बताए। उनले करिब २५० वटा कुकुर रहेको अनुमान गरिएको जनाए।

‘सिंहदरबारमा मुख्य चारवटा गेट भए पनि सातवटा ढोका छन्। कति कुकुर भित्रिन्छन् र कति बाहिरिन्छन् भन्ने तथ्यांक राख्न सम्भव छैन’, उनले भने, ‘दक्षिणी गेट सधैँ खुलै रहन्छ। अन्य गेट बन्द गरिए पनि ढोकामा रहेका फराकिलो प्वालका कारण कुकुर सजिलै आउजाउ गर्छन्।’

उनका अनुसार बेला–बेलामा सिंहदरबारभित्रका कुकुरको बन्ध्याकरण तथा रेबिजको खोप लगाइए पनि भित्र–बाहिर आउजाउ गर्ने गरेकाले तिनीहरूको पहिचान गर्न सकिएको छैन।

‘तीन महिनाअघि यहाँका कुकुरको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्वको खोप लगाइएको थियो तर अहिले बन्ध्याकरण गरिएका र खोप लगाइएका कुकुरको पहिचान गर्ने अवस्था छैन। तिनीहरू सिंहदरबारभित्र वा बाहिर छन् यसै भन्न सकिँदैन’, उनले भने।

सिंहदरबारसहित महानगरपालिकाभरिका कुकुर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९\८० मा ५० लाख रुपैयाँ विनियोजन गरे पनि कुकुरको ‘फिडिङ जोन’ निर्धारण गरिएको देखिँदैन। काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार सधैँ बाहिर–भित्र गरिरहेकाले सिंहदरबारभित्रका कुकुरको सङ्ख्या यकिन गर्न सक्ने अवस्था छैन।

‘खोप लगाइएका र बन्ध्याकरण गरिएका कुकुरलाई रङ लगाइन्छ। त्यो रङ बढीमा एक हप्ता बस्छ’, उनले भने, ‘रङअनुसार उनीहरूको तथ्यांक प्रविष्ट गरिएको हुन्छ। रङ खुइलिएसँगै उनीहरूको पहिचान पनि हराउँछ।’

सिंहदरबार वा बाहिरका कुकुरलाई कामपाले खानेकुरा उपलब्ध गराउँदैन। कुकुरले आफैँ खोजेर खान्छन्। सिंहदरबारसहित काठमाडौंको सडकमा करिब २२ हजार कुकुर रहेको अनुमान छ। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ७ : १७ बजे

हेटौँडा औद्योगिक क्षेत्रमा १२७ उद्योग सञ्चालनमा

मकवानपुर– मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा हाल दैनिक १२७ वटा विभिन्न

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी

नवलपरासी– चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा १०

एउटै गाउँबाट डेढ करोडको सुन्तला बिक्री

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष सात

कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख

नवलपरासी– सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र

कास्कीको हरिचोक–याम्दी सडक स्तरोन्नतिको काम तीव्र गतिमा हुँदै

गण्डकी– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको