रङ्गशालाका लागि पर्याप्त बजेट विनियोजन गरिनेछ : मन्त्री सिंह « Khabarhub

रङ्गशालाका लागि पर्याप्त बजेट विनियोजन गरिनेछ : मन्त्री सिंह


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रादेशिक रङ्गशाला निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरिने बताएका छन् ।

प्रदेश गौरवको आयोजनाका रूपमा रहेको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित रङ्गशालाका लागि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त बजेटको व्यवस्था गरिने बताएका हुन् ।

राष्ट्रिय लेखा दिवस २०८० का अवसरमा प्रदेश लेखा नियन्त्रक कार्यालयले आयोजना गरेको खुला ब्याडमिन्टन प्रतियोगिताको आज समापन कार्यक्रममा मन्त्री सिंहले कर्णालीलाई खेलकुदका क्षेत्रमा अब्बल बनाउन पनि यस क्षेत्रका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले खेलाडीको संरक्षण र क्षमता विकासका लागि प्रदेश सरकार तयार रहेकोसमेत उल्लेख गरे। “खेल क्षेत्रलाई मर्यादित बनाउन गर्नुपर्ने कामका लागि प्रदेश सरकार तयार छ”, मन्त्री सिंहले भने । उक्त अवसरमा मन्त्री सिंहले ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्रसमेत प्रदान गरे।

प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख मानबहादुर बमका अनुसार तीन दिनसम्म चलेको प्रतियोगितामा ९३ समूह सहभागी भएका थिए । प्रदेशभित्रका कर्मचारीसहित सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, बाँके र कैलालीको समूहसमेत प्रतियोगितामा सहभागी भएका भएका थिए । कर्मचारीतर्फ कविन्द्र पुन र ईश्वर रावलको समूह प्रथम हुँदा महेशसिंह ठकुरी र खगेन्द्र माझीको समूह द्वितीय हुनुभयो । यस्तै फणेन्द्र रेग्मी, तुल्सी घर्ती, कमल खत्री र रुपसिंह विकको समूह तृतीय हुनुभएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ८ : ४५ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो