निरा पाण्डे हत्याको ९ दिनपछि संलग्न पक्राउ  « Khabarhub

निरा पाण्डे हत्याको ९ दिनपछि संलग्न पक्राउ 


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीले पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा ९ दिन पछि झापाबाट विनोद विकलाई पक्राउ गरेको हो। उनी शनिबार पक्राउ परेका हुन्।

कपनको सरस्वतीनगरीस्थित निरा किचन सञ्चालन गर्दै आएकी पाण्डेको गत वैशाख ७ मा रहस्यमय तरिकाले हत्या भएको थियो। प्रहरी स्रोतका अनुसार बिकलाई झापा नै पुगेर पक्राउ गरिएको हो, उनी काठमाडौँमा पाण्डेको हत्या गरी झापातर्फ फरार भएका थिए।

नौ दिनसम्म पनि पाण्डेको हत्यारालाई पक्राउ नगरेको भन्दै आफन्तजनले शनिवार मात्रै काठमाडौँमा प्रदर्शन गरेका थिए भने सरकारले शुक्रबार मात्रै विशेष छानबिन समिति गठन गरेको थियो। उनको हत्यारालाई पक्राउ गर्नका लागि गगन थापालगायतले संसदमा पनि आवाज उठाएका थिए।

नौ दिन पछि पक्राउ परेका बिकलाई औपचारिक रुपमा आइतबार मात्रै सार्वजनिक गर्ने जनाइएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ५७ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।