थुनिएको अरुण नदी आठ घण्टापछि बग्न थाल्यो « Khabarhub

थुनिएको अरुण नदी आठ घण्टापछि बग्न थाल्यो


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

किमाथांका– सङ्खुवासभामा मकालु गाउँपालिका–३ र ५ मा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी बग्न थालेको छ । 

आज बिहान करिब ८ बजे अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटमा पहिरो खसेर अरुण नदी थुनिएको थियो । पहिराले थुनिएको अरुण नदी विस्तारै ड्याम माथिबाट बग्न थालेको हो । अरुण नदी थुनिएको आठ घण्टापछि  ड्याम भरिए बग्न थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । उपरीक्षक गोदारका अनुसार दिउँसो ३ बजेदेखि नदी आफ्नै धारमा फर्किएको हो । अरुण थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो । 

बाँधमा पानी जमेपछि करिब २ किलोमिटर परसम्म ताल बनेको छ । टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी बन्द भएको थियो । अरुण नदीलाई बहाव परिवर्तन गरी चार सय २९ मिटर लामो डाइर्भसन टनेलमार्फत अरुण नदी मोडिएको थियो । आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निर्माण गरी डाइभर्सन टनेलमार्फत नदी बग्दै आएको थियो । 

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले अरुण नदी छेउछाउका वस्तीका बासिन्दालाई सजग हुन आग्रह गरेको छ । अरुण थुनिएपछि अरुण तेस्रोमा ड्याम साइडको काम पनि ठप्प भएको छ । अहिले आयोजनाको ड्यामसाइडको अस्थायी बाँधमा पानी भरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : ५३ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम