‘राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको ऐतिहासिक भूमिका’ « Khabarhub

‘राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको ऐतिहासिक भूमिका’


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको ऐतिहासिक भूमिका रहेको बताएका छन् ।

आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै हाल प्राप्त उपलब्धीमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको प्रवाह नगरी महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

“विसं २००७ मा कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरबाट नै श्रमिकले प्रजातन्त्रको विगुल फुकेका थिए । नेपाली समाजको युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्‍याएको योगदानप्रति आजको विशेष दिनमा म उच्च सम्मान प्रकट गर्दछु”, उनले भने ।

श्रमसम्बन्धी हकलाई मौलिक हकका रुपमा उल्लेख गरिएको भन्दै उनले त्यसलाई कार्यान्वयनका लागि श्रमजीवी वर्गको अधिकार कार्यान्वयन गर्न श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन, २०७५ लगायतका विभित्र ऐन कानुनको निर्माण भएको बताए । सरकारी तहबाट निर्माण भएका ती ऐन कानुनको पूर्ण कार्यान्वयनका लागि आवश्यक भूमिका निर्वाह गर्न कोशी प्रदेश सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १२ : ०४ बजे

अनेरास्ववियुका पूर्वअध्यक्ष पराजुली दुई क्षेत्रबाट उम्मेदवार सिफारिस

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई दुई

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी

मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी

क्वालालम्पुर- मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार १एमडिबी सरकारी लगानी कोषबाट

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा