‘मजदुर दिवसले स्वतन्त्रताका पक्षमा आवाज बुलन्द गर्न प्रेरित गरोस्’ « Khabarhub

‘मजदुर दिवसले स्वतन्त्रताका पक्षमा आवाज बुलन्द गर्न प्रेरित गरोस्’


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइँदै गरिएको अन्तराष्ट्रिय मजदुर दिवसले संसारभरका सम्पूर्ण श्रमजीवीलाई एउटै सूत्रमा बाँधी आफ्नो हक, अधिकार र स्वतन्त्रताका पक्षमा आवाज बुलन्द गर्न प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

प्रदेश प्रमुख शर्माले आज मनाइँदै गरिएको १३४औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनका साथै विभिन्न श्रमिक सङ्घर्षमार्फत मजदुरले अधिकार पाएको दिनका रुपमा आजलाई लिइने गरिएको बताएका छन् ।

नेपालको विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको सन्दर्भ उल्लेख गर्दै प्रमुख शर्माले आफ्नो अधिकारका लागि लड्ने मजदुरको विशेष दिनलाई स्मरण गरिरहँदा उनीहरुले देश निर्माणका लागि पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने बताएका छन् ।

“हाम्रो देश नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा लैजानका लागि श्रमिकको अमूल्य योगदान रहेको छ”, शुभकामना सन्देशमा भनिएको छ, “नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चितता प्रदान गरेको छ ।”

प्रमुख शर्माले शुभकामना सन्देशमा श्रमिकका अधिकारका सवालमा सबै पक्ष जिम्मेवार बन्नुुपर्नेमा जोड दिएका छन्। सन्देशमा भनिएको छ, “आज यो दिवस मनाइरहँदा श्रमिकका लागि अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, क्षमताबमोजिम रोजगारीको ग्यारेन्टी, सामाजिक सुरक्षालगायतका अधिकार प्राप्त गरी अघि बढ्न सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्दछ ।”

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १२ : १५ बजे

अनेरास्ववियुका पूर्वअध्यक्ष पराजुली दुई क्षेत्रबाट उम्मेदवार सिफारिस

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई दुई

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी

मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी

क्वालालम्पुर- मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार १एमडिबी सरकारी लगानी कोषबाट

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा