अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा बरमेजो नेपालमा « Khabarhub

अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा बरमेजो नेपालमा


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा अल्भेरो बरमेजोले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा नेपाल परिवार नियोजन सङ्घले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका छन् ।

पाँचदिने भ्रमणमा आइतबार साँझ नेपाल आइपुगेका उनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भने, ‘यस्तो सेवा विपन्न समुदायसम्म पुर्‍याउनुपर्छ । महासङ्घले नेपाललाई प्रदान गर्दै आइरहेको आर्थिक एवं प्राविधिक सहयोग निरन्तर जारी रहनेछ ।’ 

महानिर्देशक डा बरमेजोले यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन नेपाल सरकारसँग आग्रह गर्दै बृहत्तर यौनिकता शिक्षालाई समुदायस्तरमा पुर्‍याउन सुझाव दिए । मूलतःगरिब, सीमान्तकृत, सामाजिकरूपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउन महासङ्घले विश्वभर आफ्ना सदस्य-सङ्घमार्फत महासङ्घले लगानी गर्दै आएको उनले जानकारी दिए।

उनले आजै सङ्घद्वारा सञ्चालित ‘हर्मोनल तथा लेजर थेरापी’ क्लिनिकको निरीक्षणसमेत गरेका थिए । कार्यक्रममा सङ्घका अध्यक्ष हिमालय लाल कसजु र व्यवस्थापक डा नरेशप्रताप केसीले सङ्घका गतिविधिबारे जानकारी दिएका थिए । 

हाल सङ्घले विभिन्न ३४ जिल्ला तथा तीन सय ५० पालिकामा यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवर्द्धनात्मक सचेतना प्रदान गरिराखेको छ । परिवार योजना सेवामा सङ्घको राष्ट्रिय योगदान तथा सीमान्तकृत तथा जोखिममा रहेका समुदायको पहुँचमा प्रजनन स्वास्थ्य सेवा पुर्‍याउन सङ्घले गरेको योगदान उल्लेखनीय रहेको छ । 

सङ्घका कूल सेवाग्राहीमध्ये ८८ प्रतिशत सेवाग्राही सीमान्तकृत तथा जोखिम समुदायमा छन् । कोरोना महामारीका बीचमा पनि सङ्घले सन् २०२१ मा लगभग ३६ लाख सेवा आफ्ना क्लिनिकमार्फत प्रदान गरेको थियो । महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्य गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको संस्था हो । 

महासङ्घमा विश्वका एक सय ४२ देशका परिवार नियोजन सङ्घ आबद्ध छन् । नेपाल परिवार नियोजन सङ्घ पनि उक्त महासङ्घको सदस्य हो । सङ्घले सन् १९६० मा यस महासङ्घको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो । सदस्यता प्राप्त गरेदेखि नै सङ्घले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा काम गर्नका लागि नियमित वार्षिकरूपमा उक्त महासङ्घबाट आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्दै आइरहेको छ ।

महासङ्घका उच्च नेतृत्वबाट यो तहको दोस्रो पटक नेपाल भ्रमण भएको सङ्घले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महानिर्देशक डा बरमेजोले मङ्गलबार द्विपक्षीय भेटघाट कार्यक्रम तय गरिएको छ । नेपाल भ्रमणका क्रममा महानिर्देशक डा बरमेजोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्चपदस्थ नेतृत्वसँग नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवाका बारेमा परामर्श गर्ने कार्यतालिका छ ।   

यसैगरी भ्रमणका क्रममा उनले सङ्घको केन्द्रीय पदाधिकारी, उच्च व्यवस्थापन तथा युवा सदस्यसँग पनि भेटवार्ता एवंं सङ्घद्वारा सञ्चालित कार्यक्रमका बारेमा जानकारी लिनेछन् । सोही क्रममा उनले मोरङको विराटनगरस्थित सङ्घको शाखा कार्यालय, सुनसरी इटहरीस्थित सङ्घको परिवार स्वास्थ्य सेवा केन्द्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम छ । महानिर्देशक डा बरमेजोले भ्रमणका दौरानमा सङ्घका साझेदारी सङ्घ संस्था, दातृ निकाय, सञ्चारकर्मी तथा अल्पसङ्ख्यक समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्ने जनाइएको छ । 

परिवार योजना सेवामा सङ्घको राष्ट्रिय योगदान तथा सीमान्तकृत तथा जोखिममा रहेका समुदायको पहुँचमा प्रजनन स्वास्थ्य सेवा पुर्‍याउन सङ्घले गरेको योगदान उल्लेखनीय रहेको छ ।  सङ्घका कूल सेवाग्राहीमध्ये ८८ प्रतिशत सेवाग्राही सीमान्तकृत तथा जोखिम समुदायका रहेका छन् । 

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ३ : ५५ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय