संयुक्त राष्ट्रसङ्घद्वारा अफगानिस्तानबारे कतारमा वार्ता, तालिवान भने अनुपस्थिति « Khabarhub

संयुक्त राष्ट्रसङ्घद्वारा अफगानिस्तानबारे कतारमा वार्ता, तालिवान भने अनुपस्थिति


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दोहा– अफगानिस्तानका महिलालाई काम गर्न र बालिकाहरूलाई विद्यालय जान दिन दबाब सिर्जना गर्ने विषयमा सोमबारदेखि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा कतारमा सुरु हुन लागेको वार्तामा तालिवान अनुपस्थित हुने भएको छ ।

संयुक्त राष्ट्रङंघका महासचिव एन्टोनियो गुटेर्रेसले दुई दिनसम्म सञ्चालन गरेको वार्तामा संयुक्त राज्य अमेरिका, चीन र रूसका साथै प्रमुख युरोपेली सहायता दाताहरू र पाकिस्तानजस्ता प्रमुख छिमेकीहरूका साथै करिब २५ देश र समूहका प्रतिनिधिहरू सहभागी छन् ।

तालिवान सरकारलाई आमन्त्रण गरिएको छैन र बैठकअघि नै प्रशासनको मान्यताको प्रश्न उठेको छ ।

सन् २०२१ को अगष्टमा सत्तामा फर्केका तालिवान शासकहरूलाई मान्यता दिने कुनै पनि कदमको विरोधमा अफगानी महिलाहरूको एउटा सानो समूहले काबुलमा सप्ताहान्तमा विरोध प्रदर्शन गरेको थियो ।

अफगान महिला समूहको गठबन्धनले आइतबार दोहा बैठकलाई लेखेको खुला पत्रमा कुनै पनि देशले औपचारिक सम्बन्धबारे विशेष विचार गर्न र यही अवस्थामा तालिवानलाई मान्यता नदिन आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घ र संयुक्त राज्य अमेरिकाले मान्यता कार्यसूचीमा नरहेको बताउँदै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना मोहम्मदले गत महिना दोहाको बैठकले तालिवान सरकारलाई ‘सैद्धान्तिक मान्यता’ दिने ‘सानो कदम’ पत्ता लगाउन सक्ने बताएकी थिइन् ।

संयुक्त राष्ट्रसङ्घले उक्त टिप्पणीको गलत व्याख्या गरिएको जनाएको छ । कुनै पनि देशले तालिबान प्रशासनसँग औपचारिक सम्बन्ध स्थापित गरेका छैनन् र संयुक्त राष्ट्रसङ्घको सदस्यता संयुक्त राष्ट्रसङ्घको महासभाले मात्र तय गर्न सक्छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेस दोहा पुग्नुअघि उनको कार्यालयले महिला तथा बालिकाको अधिकार, समावेशी शासन, आतङ्कवाद र लागूपदार्थको ओसारपसारविरुद्ध लड्नका लागि तालिबानसँग कसरी सहकार्य गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायभित्र साझा समझदारी हासिल गर्ने उद्देश्यले उक्त बैठक आयोजना गरिएको जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ४ : ३५ बजे

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री

क्यान्सर औषधि सहज उपलब्ध हुने

काठमाडौं– विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने

आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलि

गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ

काठमाडौं– लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन