बेमौसमी झरीले भेडा मर्न थाले « Khabarhub

बेमौसमी झरीले भेडा मर्न थाले


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– चिसोले कठ्याङ्ग्रिएर भेडा मर्दा कृषकले लाखौँको नोक्सानी ब्यहोर्नु परेको छ । एक सातादेखि परेको अविरल वर्षाका कारण बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमानामा कृषकले चरनका लागि ल्याएका ६० भेडा मर्दा करिब १० लाख क्षति भएको भेडापालक जोरप्रसाद घर्तीमगरले जानकारी दिए ।  

वैशाख ८ गतेदेखि लगातार पानी पर्दा घाँस र दाना खाना नपाउँदा भेडा मरेको घर्ती मगरको भनाइ छ । घर्तीमगर भने, ‘पानी परेको धेरै दिन भयो, सुरुमा केही दिन हिउँ पनि थियो, पानीले गर्दा घाँस काटेर खुवाउन पनि सकेका छैनौँ, यहाँ हजार बढी भेडा भएको हुँदा सबैलाई काटेर खुवाउन सक्ने अवस्था पनि छैन, अहिलेसम्म साठी बढी भेडा मरे अझै मर्दैछन् ।’

पातीहाल्ने क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ । चिसोले गर्दा जनजीवन अत्यन्तै कष्टकर बनेको छ । हालसम्म जोरप्रसाद घर्ती मगरको २० वटा, सत गुरुङको २५, रास गुरुङको तीनवटा र प्रताप रोकाको १२ वटा भेडा मरेका छन् । मरेका भेडा केही खापामा छरपस्ट छन् भने केही गोठकै पल्टिएका छन् । बेँसीमा घाँस सकिएपछि वैशाख ४ गते पातीहाल्ने भेडा लिएर आएका पूर्वी रुकुमको भूमे गाउँपालिका–१ का सत गुरुङले बताए । अझै केही दिन निरन्तर वर्षा भए यहाँ भएका सबै भेडा मर्ने गुरुङ बताउँछन्। आफूहरुको मुख्य पेसा भेडापालन भएको भन्दै वर्षाले गर्दा एकै सातामा लाखौँ नोक्सानी ब्यहोर्नु परेको गुनासो पोखे ।

‘भेडा पालेरै परिवार चलाएको थिएँ, तीन सय भेडामध्ये २५ वटा मरे अझै मर्न थालेका छन्, निकै दुःख भयो, हाम्ले भेडा पाल्न थालेको धेरै वर्ष भयो, अहिलेसम्म यस्तो अनिष्ट भएको थिएन, अहिले गर्मी याम सुरु भएर पनि यस्तो चिसो छ, बर्खामा झैँ ठूला झरी परिरहेको छ, सबै सकिन्छन् भन्ने डर छ, बेँसी लगौँ भने पनि भोकाएका भेडा बाटैमा मर्छन्, यहाँ यस्तो बिजोग भइसक्यो ।’

पातीहाल्ने क्षेत्रमा तीनवटै जिल्लाका भेडापालक कृषकहरू भेडा लिएर आएका छन् । उनीहरूको गोठ तथा वरपर धमाधम भेडा मर्न थालेका छन् । दिनमै दर्जन भेडा मर्ने गरेको उनीहरूको भनाइ छ । पातीहाल्ने क्षेत्र तीन हजार दुई सय मिटरको उचाइमा पर्छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ७ : ३३ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय