मानसिक स्वास्थ्यलाई हेयको दृष्टिले हेर्दा संवेदनशील बन्दै : उपराष्ट्रपति « Khabarhub

मानसिक स्वास्थ्यलाई हेयको दृष्टिले हेर्दा संवेदनशील बन्दै : उपराष्ट्रपति


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई हेयको दृष्टिले हेर्दा समस्या आएको बताएका छन् ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालको आज २०औँ वार्षिकोत्सवको कार्यक्रममा उनले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई हेयको दृष्टिले हेर्ने पुरातन दृष्टिकोणको कारण समस्या अझ बढी संवेदनशील बन्दै गएको बताए ।

उनले नेपालको संविधानले नै आधारभूत स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरेकाले सो पूरा गर्नका लागि सरकारको योजनामा गैरसरकारी क्षेत्रको हातेमालो आवश्यक रहेको बताए ।

कार्यक्रममा उपसभामुख इन्दिरा रानाले मानसिक स्वास्थ्य अझ महत्वपूर्ण रहेकाले नेपाल सरकार, विकास साझेदार सबै मिलेर काम गर्नुपर्ने आवश्यक रहेको बताए। “मानसिक स्वास्थ्यको क्षेत्रमा सरकार र गैरसरकारी क्षेत्र मिलेर काम गर्नुपर्दछ । अझ जेल जीवन बिताइरहेका व्यक्तिको मानसिक स्वास्थ्यमा समेत सरकारले ध्यान दिन जरुरी छ,” उनले भने ।

 

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ९ : २३ बजे

दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

डडेल्धुरा– नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

जुम्ला– नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन 

काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  फेरिएको एक

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक