हिमाली जिल्लामा हात्तीपाइले रोगको परीक्षण « Khabarhub

हिमाली जिल्लामा हात्तीपाइले रोगको परीक्षण


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लालगायत हिमाली जिल्लामा हात्तीपाइले रोगको परीक्षण गर्न थालिएको छ । जलवायु परिवर्तनसँगै हिमालको तापक्रम बढ्दै गएका कारण उच्च हिमाली जिल्लामा लामखुट्टे देखिन थालेपछि औलो र कालाजारका बिरामी भेटिन थालेका छन् ।

विकास सँगसँगै गाडीमा लामखुट्टे हिमाली जिल्लामा जान थालेपछि यहाँका जिल्लामा औलो फैलिन थालेको हो । पहिला तराई र पहाडका जिल्लामा देखिने हात्तीपाइले, औलो र कालाजार रोग जलवायु परिवर्तनका कारणले हिमाली जिल्लामा देखिन थालेको स्वास्थ्य क्षेत्रका जानकारहरूले बताएका छन् ।

जुम्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा हात्तीपाइले रोग परीक्षण गर्न थालिएको छ । नेपाल सरकार स्वास्थ तथा जनसङ्ख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, मकवानपुरले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत परीक्षण गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए।

जिल्लाको कनकासुन्दरी गाउँपालिकास्थित कालिका आधार विद्यालय हाँटसिञ्जा र पाण्डवगुफा माध्यमिक विद्यालयका ३२ विद्यार्थीको एन्टिजेन परीक्षण गर्दा सबै जनाको नेगेटिभ नतिजा आएको छ । मालिका आधारभूत गतिखोला र माध्यामिक विद्यालय बुढुचौताराका विद्यार्थीमा पनि परीक्षण गर्ने तयारी गरिएको कानकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखा संयोजक जङ्गलाल बुढाले बताए। यहाँका ३२ सामुदायिक विद्यालयका चार सय ८० बालबालिकामा हात्तीपाइले रोग परीक्षण गर्न थालिएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : १२ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय